• ५ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
  •   Unicode
Logo
Latest
★   ६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ ★   पालुङबाट सिम्पानीसम्म ‘रुपचन्द्र विष्ट मार्ग’को प्रस्ताव राख्दै बर्तौला ★   कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक स्थगित ★   सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ मा न्यूयोर्कको क्विन्स शहरमा हुने ★   समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता ★   भरतले पेरिस पारालिम्पिक खेल्ने ★   मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुखसहित सातजना भ्रष्टाचार मुद्दामा दोषी ठहर ★   थाइल्यान्डले समलिङ्गी विवाहलाई मान्यता दिने ★   मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस्: मन्त्री शर्मा ★   ललितपुर महानगरको नीति तथा कार्यक्रम: आयोजना र श्रम बैङ्क

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै



फाईल फोटो

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ ।

सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताउनुभयो । उहाँका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन । उहाँले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताउनुभयो ।

छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उहाँले बताउनुभयो । गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो ।

छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले सङ्क्रमण घटेको छ । अहिले सङ्क्रमण पनि कम हुँदै गएको छ । मन्त्रालयका अनुसार मंगलबार देशभरिमा एकजना सङ्क्रमित र तीनजना सक्रिय सङ्क्रमित भेटिएका छन् । रासस