• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

सिद्धार्थले कियाराका लागि ७० करोडको घर किने



एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी मंगलबार (फेब्रुअरी ७)मा विवाह बन्धनमा बाँधिएका छन् । दुबैले जैसलमेरको होटल सूर्यगढमा परिवार र नजिकका साथीहरूका बीचमा बिहे गरेका हुन् ।

विवाहपछि सिद्धार्थ र कियाराले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कियारा अब मुम्बईको जुहुमा श्रीमान सिद्धार्थको ‘सी फेसिङ’ घरमा सिफ्ट हुनेछिन् ।

सिद्धार्थ धेरै दिनदेखि घरको खोजीमा थिए । केही दिनअघि उनले ३ हजार ५०० स्क्वायर फिटको अपार्टमेन्ट फाइनल गरिसकेका छन् । जसको लागत करिब ७० करोड भारु रहेको बताइएको छ । यस आलिशान घरको इन्टेरियर शाहरुख खानकी श्रीमती गौरी खानले गरेकी छिन् ।