९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थले कियाराका लागि ७० करोडको घर किने



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी मंगलबार (फेब्रुअरी ७)मा विवाह बन्धनमा बाँधिएका छन् । दुबैले जैसलमेरको होटल सूर्यगढमा परिवार र नजिकका साथीहरूका बीचमा बिहे गरेका हुन् ।

विवाहपछि सिद्धार्थ र कियाराले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कियारा अब मुम्बईको जुहुमा श्रीमान सिद्धार्थको ‘सी फेसिङ’ घरमा सिफ्ट हुनेछिन् ।

सिद्धार्थ धेरै दिनदेखि घरको खोजीमा थिए । केही दिनअघि उनले ३ हजार ५०० स्क्वायर फिटको अपार्टमेन्ट फाइनल गरिसकेका छन् । जसको लागत करिब ७० करोड भारु रहेको बताइएको छ । यस आलिशान घरको इन्टेरियर शाहरुख खानकी श्रीमती गौरी खानले गरेकी छिन् ।