२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पमा परेर टर्कीका गोलरक्षकको निधन



अ+ अ-

एजेन्सी । टर्कीका गोलरक्षक अहमेत एयुप तुर्कसलानको भूकम्पमा परी मृत्यु भएको छ ।

सोमबार भएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ५ हजारभन्दा बढीको निधन भएको छ । त्यसमा गोलरक्षक अहमेत एयुप तुर्कसलान पनि परेको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

‘हाम्रा गोलरक्षक अहमेट एयुप तुर्कसलानको भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धान्जली । तपाईलाई हामी बिर्सने छैनौं ।’ क्लबले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा ट्वीट गरेको छ ।

२८ वर्षीय तुर्कासलानले सन् २०२१ मा क्लबमा आवद्ध भएपछि दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए ।

टर्कीकै दोस्रो डिभिजनको क्लब केकुर रिजेस्पोरबाट खेल्ने क्रिस्टल प्यालेस र एभर्टनका पुर्व विंगर यानिक बोलासीले पनि उनको निधनमा उनका सबै परिवार र टोलीका साथीहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

टर्कीकै क्लबबाट व्यवसायिक खेल खेलिरहेका तुर्कसलानले राष्ट्रिय टोलीमा भने स्थान बनाउन सकेका थिएनन् ।