२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पमा परेर टर्कीका गोलरक्षकको निधन



अ+ अ-

एजेन्सी । टर्कीका गोलरक्षक अहमेत एयुप तुर्कसलानको भूकम्पमा परी मृत्यु भएको छ ।

सोमबार भएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ५ हजारभन्दा बढीको निधन भएको छ । त्यसमा गोलरक्षक अहमेत एयुप तुर्कसलान पनि परेको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।

‘हाम्रा गोलरक्षक अहमेट एयुप तुर्कसलानको भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धान्जली । तपाईलाई हामी बिर्सने छैनौं ।’ क्लबले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा ट्वीट गरेको छ ।

२८ वर्षीय तुर्कासलानले सन् २०२१ मा क्लबमा आवद्ध भएपछि दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए ।

टर्कीकै दोस्रो डिभिजनको क्लब केकुर रिजेस्पोरबाट खेल्ने क्रिस्टल प्यालेस र एभर्टनका पुर्व विंगर यानिक बोलासीले पनि उनको निधनमा उनका सबै परिवार र टोलीका साथीहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

टर्कीकै क्लबबाट व्यवसायिक खेल खेलिरहेका तुर्कसलानले राष्ट्रिय टोलीमा भने स्थान बनाउन सकेका थिएनन् ।