९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैवाहिक बन्धनमा बाँधिए सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । जैसलमेरको होटल सूर्यगढमा, दम्पतीले परिवार र नजिकका साथीहरूबीच मंगलबार विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम ह्यान्डलमा उनीहरुले विहेको तस्बिर सेयर गरेका छन् । यस विशेष दिनमा सिद्धार्थ सुनौलो कढाईको अफ–हाइट शेरवानीमा देखा परे भने कियाराले गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् । फेब्रुअरी ७ को रात आफ्नो विवाहको विशेष तस्बिर सेयर गर्दै जोडीले लेखेका छन्, ‘अब हाम्रो स्थायी बुकिङ भइसकेको छ । हामीलाई तपाईको माया र आशिर्वाद चाहिन्छ ।’

‘शेरशाह’ फेम जोडीलाई रियल लाइफ जोडीको रुपमा हेर्ने चाहना फ्यानहरुले लामो समयदेखि राख्दै आएका थिए, अन्ततः त्यो दिन आयो ।

सिड–कियाराको विवाहमा बलिउडका धेरै पाहुनाहरु आएका थिए । जसमा फेसन डिजाइनर मनिष मल्होत्रा, फिल्म निर्माता करण जोहर, अभिनेता मनिष मल्होत्रा, अरमान जैन, शाहिद कपूर र उनकी श्रीमती मीरा राजपुत, जुही चावला र उनका पति जय मेहता, मेकअप आर्टिस्ट स्वर्णलेखा गुप्ता, हेयर ड्रेसर अमित ठाकुर, विवाह फिल्म शूटर विशाल पञ्जाबी, डीजे गणेश, हरि र सुखमणी र जकीहरू, ईशा अम्बानी र उनका पति आनन्द पिरामल संगीतको लागि सामेल भएका थिए ।

कियारा–सिद्धार्थले फ्यानसामु कहिल्यै आफ्नो प्रेम व्यक्त गरेका थिएनन् । दुवै पक्षबाट विवाहको घोषणा पनि गरिएको थिएन । शेर शाहको सुटिङबाट सुरु भएको प्रेमकथालाई दुवैले लामो समयसम्म लुकाएर राखेका थिए । तर, सन् २०२० मा नयाँ वर्ष मनाउन अफ्रिका गएपछि उनीहरुको सम्बन्धको चर्चा चल्न थाल्यो । यसपछि २०२१ मा कियाराले सिद्धार्थका आमाबुवालाई आफ्नो घरमा डिनरको लागि बोलाइन् ।