• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था

वैवाहिक बन्धनमा बाँधिए सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी



एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । जैसलमेरको होटल सूर्यगढमा, दम्पतीले परिवार र नजिकका साथीहरूबीच मंगलबार विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम ह्यान्डलमा उनीहरुले विहेको तस्बिर सेयर गरेका छन् । यस विशेष दिनमा सिद्धार्थ सुनौलो कढाईको अफ–हाइट शेरवानीमा देखा परे भने कियाराले गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् । फेब्रुअरी ७ को रात आफ्नो विवाहको विशेष तस्बिर सेयर गर्दै जोडीले लेखेका छन्, ‘अब हाम्रो स्थायी बुकिङ भइसकेको छ । हामीलाई तपाईको माया र आशिर्वाद चाहिन्छ ।’

‘शेरशाह’ फेम जोडीलाई रियल लाइफ जोडीको रुपमा हेर्ने चाहना फ्यानहरुले लामो समयदेखि राख्दै आएका थिए, अन्ततः त्यो दिन आयो ।

सिड–कियाराको विवाहमा बलिउडका धेरै पाहुनाहरु आएका थिए । जसमा फेसन डिजाइनर मनिष मल्होत्रा, फिल्म निर्माता करण जोहर, अभिनेता मनिष मल्होत्रा, अरमान जैन, शाहिद कपूर र उनकी श्रीमती मीरा राजपुत, जुही चावला र उनका पति जय मेहता, मेकअप आर्टिस्ट स्वर्णलेखा गुप्ता, हेयर ड्रेसर अमित ठाकुर, विवाह फिल्म शूटर विशाल पञ्जाबी, डीजे गणेश, हरि र सुखमणी र जकीहरू, ईशा अम्बानी र उनका पति आनन्द पिरामल संगीतको लागि सामेल भएका थिए ।

कियारा–सिद्धार्थले फ्यानसामु कहिल्यै आफ्नो प्रेम व्यक्त गरेका थिएनन् । दुवै पक्षबाट विवाहको घोषणा पनि गरिएको थिएन । शेर शाहको सुटिङबाट सुरु भएको प्रेमकथालाई दुवैले लामो समयसम्म लुकाएर राखेका थिए । तर, सन् २०२० मा नयाँ वर्ष मनाउन अफ्रिका गएपछि उनीहरुको सम्बन्धको चर्चा चल्न थाल्यो । यसपछि २०२१ मा कियाराले सिद्धार्थका आमाबुवालाई आफ्नो घरमा डिनरको लागि बोलाइन् ।