५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावित प्रान्तहरूमा टर्कीमा आपतकाल घोषणा



अ+ अ-

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गर्नुभएको छ ।

खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उहाँले पत्रकार सम्मेलनमा बताउँनुभयो ।

एर्दोगानले दक्षिणी टर्किएमा सोमबारको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताउँनु भएको छ । हाल भूकम्प प्रभावित क्षेत्रमा जम्मा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएको राष्ट्रपतिले उल्लेख गर्नु भएको छ ।

विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेपका प्रान्तहरूमा भुकम्पबाट थुप्रैको मृत्यु भएको हो।
स्थानीय समय अनुसार सोमबार बिहान ४स्१७ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियनटेपमा ६.४ म्याग्निच्युडको भूकम्प र ६.२ रेक्टर स्केलको भूकम्पः बेलुका कहरामनमारस प्रान्तमा पनि शक्तिशाली भूकम्प गएको थियो ।

एर्दोगानले सोमबार सात दिने राष्ट्रिय शोकको घोषणा गर्नु भएको छ ।