७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ – मन्त्री शर्मा(भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ – मन्त्री शर्मा(भिडियोसहित)
file
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।

मंगलवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताउनु भयो । उहाँले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकरको समर्थन फिर्ता लिनुभएको छैन । त्यसकारणले सरकार संकटमा भन्ने स्थिति देखिँदैन । उहाँहरुले सरकार छोड्नुभयो, उहाँहरुको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो । त्यस विषयमा पनि फेरि थप छलफल गर्ने, त्यसमा हाम्रो गठबन्धन पनि छ, त्यसको सञ्चालन संयन्त्र पनि छ । त्यो राजनीतिक विषय भएकाले गठबन्धन सञ्चालन संयन्त्रका विषयमा छलफल गरेर राजनीतिक ढंगले नै हल गर्नुपर्छ, प्रधानमन्त्रीज्युले बाहिर सार्वजनिक रुपमा पनि बोल्नुभएको छ की हामी यो गठबन्धनलाई बचाउनको निम्ति र उहाँहरुलाई पनि फेरि सरकारमा सहभागि गराउनको निम्ति प्रयत्नशील छौँ । त्यसका लागि पहल, प्रयत्न भइरहेको छ । सरकारको समर्थन फिर्ता नलिसकेपछि सरकार संकटमा परेको छैन ।’

मन्त्री शर्माले कृषकहरुले तरकारी फालेर बिरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा जुन ग्यापलाई समाधान गर्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले किसान र उपभोक्ता बीचका विक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने बारेमा पनि मन्त्रालयस्तरीय बैठकमा छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कृषिजन्य पदार्थको कुरा छ, चितवन र विराटनगरको कुरा गर्नुभयो । आजको छलफलमा पनि यो कुरा उठेको छ ।

कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहेका छौँ, तर त्यसको बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या भएको छ भन्नेछ । उत्पादक र उपभोक्ताको बीचमा जुन ग्याप छ, त्यसलाई हटाएर तरकारी बजारलाई व्यवस्थित गरेर जानुपर्छ भन्नेकुरा भएको छ, त्यसलाई हामीले बजार भाउ तोक्ने कुरा र उपभोक्ता र उत्पादकबीचको सम्बन्ध छ, त्यसलाई ठिक ढंगले उपभोक्ताले पनि र उत्पादक किसानलाई पनि मर्का नपरी बीचमा रहेका विक्रेताहरुलाई लाइसेन्सको व्यवस्था गर्ने भन्ने छलफल भएको छ । त्यसको लागि आवश्यक निर्णय गर्छौं ।’

मन्त्री शर्माले ५ दिनसम्म प्रतिनिधि सभा अन्तर्गतका समिति बनिसक्ने बताउनु भयो । उहाँले समितिहरु निर्माण गर्न ढिलाइ हुँदा आवश्यक विधेयकहरु पनि संसदमा पेस हुन नसकिरहेको भन्दै समितिहरु निर्माण गरेर विधेयहरु पास गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले संघीय निजामति सेवा ऐन विधेयक पास नहुँदा विभिन्न खाले अफ्ठयारा आएको बताउनु भयो । उहाँले नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा अड्किएर बसेको र चाँडै नै अघि बढाउनुपर्ने आवश्यक्ता सरकारले औंल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा बिजनेस दिने काम सरकारको हो । संसदलाई सक्रिय बनाउने, प्रभावकारी बनाउने काममा सरकारको मुख्य भुमिका हुन्छ । तर ति भुमिका हुँदाहुँदै पनि अघिल्लो पटक संसदमा पेस भएका कतिपय राष्ट्रिय सभामा पेस भएका त जीवित रहने भए, तर प्रतिनिधि सभामा पेस भएका विधेयकहरु प्रतिनिधि सभाको निर्वाचन घोषणा भएपछि ती स्वतः निस्क्रिय भएर गएर नयाँ रुपमा प्रश्तुत गर्नुपर्ने भयो । नयाँ रुपमा प्रश्तुत गर्दाखेरि सरकारको पूर्णताको काम पनि थोरै ढिला भयो । त्यस कारणले केही विधेयकहरु मन्त्रीपरिषद्मा पनि यसबारेमा चर्चा भएको छ ।

प्रधानमन्त्रीज्युले संसदमा विधेयक पेस गरिनुपर्ने र छलफल हुँदै गर्छन् भन्ने निर्देशन दिनुभएको थियो । केही विधेयकहरु प्रतिनिधि सभाबाट सिधै पास गर्न सकिन्छ, केही विधेयकहरु समितिमा जान्छन् । ४/५ दिन भित्रमा समिति पनि बनिसक्छन्, प्रतिनिधि सभाको सचिवालयसँग छलफल पनि भएको छ । हिजो प्रश्तुत गरिएका र सरकारले फिर्ता लिएका दुईखाले विधेयकहरु छन्, संघीय निजामति सेवा ऐन विधेयक असाध्यै महत्वपूर्ण विधेयक हो । त्यो विधेयक पास नहुँदा धेरै अफ्ठ्यारा भएका छन् । नागरिकता विधेयक राष्ट्रपतिज्युकोमा छ, अब त्यसलाई अघि बढाउनुपर्ने अवस्था छ । सरकारले विधेयक दिनै नसकेको भन्ने होइन, ढिलाइ भएको छ ।’

मन्त्री शर्माले सरकारले संसदमा विधेयक दिनै नसकेको भन्ने नरहेको तर केही ढिलाइ भएको स्पष्ट पार्नुभयो ।