• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

फिल्म ‘बुलाकी’को प्रदर्शन मिति परिवर्तन, वैशाख १ गतेदेखि आउँदै



काठमाडौँ । सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ ।

यसअघि फागुन १९ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म अब वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको हो । निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ । फिल्मलाई शिव ढकालले खिचेका हुन् ।

फिल्मको कथा राजबहादुर सानेले लेखेका हुन् । यस्तै, पटकथा तथा संवादमा सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन् ।