• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ? ★   इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै ★   अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै ★   बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने ★   गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ★   नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्ने ★   सार्वजनिक खरिद नियमावलीले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन : प्रधानमन्त्री ★   हार्दिक पाण्ड्यासँग किन रिसाए मालिंगा ?

टर्की भूकम्पको भविष्यवाणी गरिएको थियो, डच वैज्ञानिकले दिएका थिए चेतावनी



एजेन्सी । टर्कीलगायत चार देश (लेबनान, सिरिया र इजरायल) मा सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पुनः भूकम्प गयो । यसको तीव्रता ७.६ थियो । भूकम्पका कारण चार देशमा ४ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा धेरै क्षति टर्कीमा भएको छ ।

विश्वका धेरै देशले टर्कीलाई जतिसक्दो चाँडो राहत पठाउने आश्वासन दिएका छन् ।

यसैबीच, फेब्रुअरी ३ मा डच वैज्ञानिक फ्रान्क होगरबिट्सले गरेको ट्वीट भाइरल भइरहेको छ । यसमा उनले लेखेका छन् – ‘दक्षिण मध्य टर्की, जोर्डन, सिरिया र लेबनानमा ७.५ म्याग्निच्युडको भूकम्प आउन सक्छ ।’

फ्रान्क होगरबिट्स मूल रूपमा नेदरल्याण्डका हुन् । उनी सौर्य प्रणाली जियोमेट्री सर्वेक्षण (एसएसजीइओएस) नामक भूवैज्ञानिक संस्थानका वरिष्ठ अनुसन्धानकर्ता हुन् । एसएसजीइओएसले जमीन भित्रको हलचलमा विशेष अनुसन्धान गर्छ । जसका कारण भूकम्प, सुनामीजस्ता प्राकृतिक प्रकोपहरु आउने गरेका छन् ।

फ्रान्कले गत फेब्रुअरी ३ मा गरेको र अहिले भाइरल भइरहेको ट्विटमा यी वैज्ञानिकले भनेका थिए– आज होइन भोलि, तर छिट्टै यस क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प आउनेछ । यसले दक्षिण–मध्य टर्की, जोर्डन, सिरिया र लेबनानलाई असर गर्नेछ ।’

सोमबार फ्रान्कको ट्विट भाइरल भएपछि सोही क्षेत्रसँग सम्बन्धित अर्का वैज्ञानिकले भने– यी वैज्ञानिक अर्थात् फ्रान्क होगरबिट्सले चन्द्रमा र ग्रहको आधारमा भविष्यवाणी गर्छन् । धेरै पटक उनको भविष्यवाणी गलत पनि साबित भएको छ । तर, यो पक्कै पनि सत्य हो कि सोमबार टर्की–सिरिया सीमामा गएको भूकम्पमा फ्रान्कको भनाइ पूर्ण रूपमा सही साबित भयो ।’