५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं एक्सेल्सियर कप: रेडिअन्ट र ओएसिस सेमिफाइनलमा



अ+ अ-

काठमाडौं ।रेडिअन्ट पब्लिक र ओएसिस नवौं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रेडिअन्टले आयोजक आयोजक द एक्सेल्सियर स्कुललाई ४५–१६ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सुवास गौतमले १९ अंक योगदान गरे । सुरेश मगरको २६ अंक सहयोगमा ओएसिसले नेपालयलाई ४६–२४ ले हरायो । लिग खेलमा जेनिथले क्लिनटनमाथि ४३–८ को सहज जित दर्ता ग¥यो । जेनिथका सुशिल शाहीले ८ अंक जोडे ।

सिनियर गल्र्स बास्केटबलमा काष्ठमण्डपले न्यु इरालाई ३२–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । काष्ठमण्डपकी आशा अर्यालले १४ स्कोर गरिन् । रेडिअन्ट पब्लिकले पाठशाला नेपाललाई २४–४ तथा संस्कृतिले न्यु जेनिथलाई २९–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । रेडिअन्टकी दिब्यान्शा कार्कीले १९ तथा संस्कृतिकी समृद्धि शाहले ८ अंक बटुले ।

ब्वाइज फुटबल

यु–१६ उमेरसमूहमा दोहोरो जित निकाल्दै एलआरआई क्वाटरफाइनलमा पुग्यो । एलआरआईले एनआईसी एकेडेमीलाई २–१ गोलले पराजित ग¥यो । एलआरआईका रुपेश मगर र निक्सन निरौलाले १–१ गोल गरे । एनआईसीका अनिश जोशीले १ गोल फर्काए । अर्को खेलमा एलआरआईले विद्या संस्कारलाई ३–२ गोलले हरायो । विजेताका अंकित महर्जनले २ तथा विनायक भण्डारीले १ गोल गरे । विद्या संस्कारका आदित्य शाहले २ गोल गरे ।

यु–१२ मा संस्कृति र रेडिअन्टले क्वाटरफाइनल यात्रा तय गरे । संस्कृतिले द चाँदबाग स्कुललाई ३–१ गोलले निराश पा¥यो । संस्कृतिका सौरभकृष्ण मल्लले २ तथा सहज भण्डारीले १ गोल गरे । रेडिअन्टले पनि चाँदबागलाई नै हराउने क्रममा ५–२ को नतिजा निकाल्यो । रेडिअन्टका लागि सम्भव सबै गोल रिडिज मोक्तानले गरे । चाँदबागका युभ्की गुरुङले १ गोल गरे भने एक गोल आत्माघाती थियो ।




भर्खरै