७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं एक्सेल्सियर कप: रेडिअन्ट र ओएसिस सेमिफाइनलमा



अ+ अ-

काठमाडौं ।रेडिअन्ट पब्लिक र ओएसिस नवौं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रेडिअन्टले आयोजक आयोजक द एक्सेल्सियर स्कुललाई ४५–१६ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सुवास गौतमले १९ अंक योगदान गरे । सुरेश मगरको २६ अंक सहयोगमा ओएसिसले नेपालयलाई ४६–२४ ले हरायो । लिग खेलमा जेनिथले क्लिनटनमाथि ४३–८ को सहज जित दर्ता ग¥यो । जेनिथका सुशिल शाहीले ८ अंक जोडे ।

सिनियर गल्र्स बास्केटबलमा काष्ठमण्डपले न्यु इरालाई ३२–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । काष्ठमण्डपकी आशा अर्यालले १४ स्कोर गरिन् । रेडिअन्ट पब्लिकले पाठशाला नेपाललाई २४–४ तथा संस्कृतिले न्यु जेनिथलाई २९–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । रेडिअन्टकी दिब्यान्शा कार्कीले १९ तथा संस्कृतिकी समृद्धि शाहले ८ अंक बटुले ।

ब्वाइज फुटबल

यु–१६ उमेरसमूहमा दोहोरो जित निकाल्दै एलआरआई क्वाटरफाइनलमा पुग्यो । एलआरआईले एनआईसी एकेडेमीलाई २–१ गोलले पराजित ग¥यो । एलआरआईका रुपेश मगर र निक्सन निरौलाले १–१ गोल गरे । एनआईसीका अनिश जोशीले १ गोल फर्काए । अर्को खेलमा एलआरआईले विद्या संस्कारलाई ३–२ गोलले हरायो । विजेताका अंकित महर्जनले २ तथा विनायक भण्डारीले १ गोल गरे । विद्या संस्कारका आदित्य शाहले २ गोल गरे ।

यु–१२ मा संस्कृति र रेडिअन्टले क्वाटरफाइनल यात्रा तय गरे । संस्कृतिले द चाँदबाग स्कुललाई ३–१ गोलले निराश पा¥यो । संस्कृतिका सौरभकृष्ण मल्लले २ तथा सहज भण्डारीले १ गोल गरे । रेडिअन्टले पनि चाँदबागलाई नै हराउने क्रममा ५–२ को नतिजा निकाल्यो । रेडिअन्टका लागि सम्भव सबै गोल रिडिज मोक्तानले गरे । चाँदबागका युभ्की गुरुङले १ गोल गरे भने एक गोल आत्माघाती थियो ।