• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

रास्वपाका निवर्तमान मन्त्रीहरूको पत्रकार सम्मेलन स्थगित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन निवर्तमान मन्त्रीहरूले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।

राजीनामा दिएका मन्त्रीहरुले आज ३ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर, उनीहरुले कुनै कारण नबताइकन पत्रकार सम्मेलन स्थगनको जानकारी दिएका हुन् ।

हिजो रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट हट्ने निर्णय लिएको थियो । त्यसलगत्तै रास्वपाबाट श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले हिजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।