७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोनाद्वारा सेभिया पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा, गावी र राफिन्हाले गोल गरे । तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५८ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । उनलाई फ्रांक केसिले पास उपलब्ध गराएका थिए । यस्तै, ७० औं मिनेटमा गावीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । उनलाई राफिन्हाले पास उपलब्ध गराए ।

यस्तै ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । उनलाई अल्बाले पास उपलब्ध गराएका थिए ।

जितसँगै बार्सिलोनाले २० खेलबाट ५३ अंक जोडेको छ । शीर्षस्थानको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा ८ अंकले अगाडी छ । यता समान खेलबाट २१ अंकसहित सेभिया भने १६ औं स्थानमा छ ।