• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

टोटेनहमले म्यान्चेस्टर सिटीलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा टोटेनहमले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले खेलको १५ औं मिनेटमा गोल गरे ।

म्यान्चेस्टर सिटीको डिफेन्डर रोड्रीले ‘ब्याक पास’ गर्दा गल्ती गरेपछि टोटेनहमका पिएरे होज्ब्जर्गले बल ह्यारी केनलाई उपलब्ध गराए । त्यसपछि कप्तान केनले उक्त अवसरको सदुपयोग गरे । योसँगै केनले प्रिमियर लिगमा २०० गोल गर्न सफल रहे ।

त्यसपछि दुबै टिमबाट गोलको प्रयास भएपनि गोल गर्न भने असफल रहे । यो नतिजासँगै २२ खेलबाट ३९ अंकसहित टोटेनहम तालिकाको पाँचौं स्थानमा रहेको छ । एक खेल कम खेलेको सिटी ४५ अंकसहित दोस्रो स्थानमा रहेको छ । सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी घटाउने अवसर गुमाएको छ । आर्सनल ५० अंकसहित शीर्षस्थानमा यथावत छ ।