• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

अमिषाको ह्याट्रिकमा नेपालको जित



काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले पहिलो जित निकालेको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रिती राईले एक गोल गरिन् ।

भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग ३–१ गोलको हार ब्यहारेको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले अन्तिम खेलमा भारतसँग खेल्नेछ । उक्त खेल मंगलबार हुनेछ ।