७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

तरकारीको बिक्रीवितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न ज्ञानेन्द्र शाहीको माग(भिडियोसहित)

तरकारीको बिक्रीवितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न ज्ञानेन्द्र शाहीको माग(भिडियोसहित)
अ+ अ-

काठमाडौँ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्रीवितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गर्नु भएको छ ।

प्रमुख सचेतक शाहीले नेपाली किसानहरुलाई आत्महत्या हुनबाट जोगाउन भन्दै उनीहरुलाई तत्काल हत्कडी लगाएर जेल चलान गर्न कृषिमन्त्री ज्वालाकुमारी साहसँग माग गर्नु भएको हो ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध लगाउन पनि सरकारलाई दवाव दिनु भयो । नेपालमा व्यापार नभएर आत्महत्या गर्न बाध्य भएका किसानहरुलाई राहत दिन पनि सरकारले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध गराउनुपर्ने उहाँको तर्क थियो ।

चालू आर्थिक वर्षको ६ महिनामा १० अर्व ११ करोड २२ लाख रुपैयाँको हरियो तरकारी आयात गरिएको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले नेपालको ठूलो धनराशी यसरी खेर गईरहेको बताउनु भयो । उहाँले एशीयामा नै कहलिएका ४४ वटा उद्योग कहाँ गयो भनि सरकारलाई प्रश्न गर्नु भयो । सरकारले चर्को व्याजदर असुली गरेका कारण साना किसानहरुले आत्महत्या र आत्मादाहको बाटो रोज्नु परेको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले यस्तो अवस्था आउन नदिने गरी सरकारले ब्याजदर निर्धारण गर्नुपर्ने पनि बताउनु भयो ।

प्रमुख सचेतक शाहीले भन्नु भयो, ‘चुनावको बेलामा हामीले भोट माग्दै गर्दा र जनताले हामीलाई भोट हाल्दै गर्दा आफ्नो सपना र भविष्यलाई आत्मासात गर्दै हामीलाई भोट हालेका हुन । तर यो संसदमा आएर हामीले जसरी समय बर्बाद गरिरहेका छौं । यसका लागि जनताले हामीलाई मत हालेका होइनन् । म यही प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । र, साथसाथै हामीलाई भोट मात्रै होलेका होइनन् । आफ्नो भविष्यलाई, आउने पुस्ताको समेत भविष्यलाई आत्मासात गरेर भोट हालेका हुन ।’

‘आज प्रजातन्त्र आएको झण्डै ७२ वर्ष भएछ । यसबीचमा झण्डै चार वटा व्यवस्था फेरिए । यो कुसीको रङ फेरियो, त्यो रोष्टमको रङ फेरियो । यहाँ व्यक्ति फेरिए । तर प्रवृत्ति उही रह्यो । हिजो भारतर बंगलादेशबाट हामीले मजदुर आयात गथ्यौंं । आज एक रोटी खानका लागि र एकसरो कपडा ढाक्नका लागि नेपालीहरु विदेश जानुपर्ने परम्परा बसेको छ । अझै हामीले संसदमा बसेर ठूलो कुरा गर्ने सुहाउँदैन भन्ने मलाई लाग्दछ । आज व्यापारीले व्यापार गर्न पाएको छैन । आज किसानले खेती गर्न पाएको छैन ।’

‘विद्यार्थीले गुणस्तरीय शिक्षा पाएको छैन । विरामीले गुणस्तरीय उपचार पाएको छैन । अझै हामी सिद्धान्त र नयाँ क्रान्तिका कुरा गरिरहेका छौं । सत्ता र कुर्सीको लडाईमा रुमलिरहेका छौं । हाम्रो ध्यान कतातिर जाँदैछ, सभामुख महोदय । र, अहिले पनि हिजो विदेशीलाई खाद्यान्न दिने देश आज टमाटर टिप्नका लागि हाम्रा युवा साथीहरु विदेशिनु परेको छ । हिजो हामीेले धान, चामल निर्यात गथ्र्यौं । तर आज नाकाबन्दी गरेपछि हामी भोकभोकै मर्ने डर हुन्छ सभामुख महोदय । त्यतिमात्रै होइन । कुनै समयमा एशीयाकै सबैभन्दा ठूला कहलिएका ४४ वटा उद्योग आज कहाँ गए ? यो अव खोजीको विषय बनेको छ सभामुख महोदय ।’

‘कुनै जमानामा हाम्रा राष्ट्र प्रमुखले त्यतिखेर संसारकै शक्तिशाली मानिएका बेलायत र अमेरिकाको भ्रमण गर्दा सडकभरी जम्मा भएर सम्मान गर्थे । तर, आज हाम्रो राष्ट्रप्रमुखको सम्मान कहाँ गयो सभामुख महोदय । यो आज हामीले खोजिरहेका छौं । अहिले मात्रै बैंक तथा वित्तिय क्षेत्रमा कम ब्याजदरमा ऋण प्रवाह गरी असुल उपर गर्दा व्याजदर बढाउने गरेका छन सभामुख महोदय । जसले साना व्यवसायीलाई धराशायी भएको र ऋण तीर्न नसकी आत्मदाह र आत्महत्याको बाटो रोज्दैछन । इलामका प्रेम प्रसाद आचार्य र पोखराका डल्फिन सहकारीका संचालक यसैकारण आत्महत्या गर्न बाध्य भए ।’

‘नेपाल सरकारले बैंक तथा वित्तिय संस्था सम्बन्धि हस्तक्षेपकारी नियमन गर्नु प¥यो । जुन अनियन्त्रित व्याजदर छ । त्यसलाई रोक्नु प¥यो जीवन सहजताका लागि अनेकौ कोसिस गर्दागर्दै विषय परिस्थिति, कमजोर आर्थिक नीति, नियम, भ्रष्टाचारयुक्त राज्य संयन्त्र, व्यापार व्यवसायमा कालोबजारीकरणको कारण मान्छेहरु आज आत्मदाह र आत्महत्यको बाटो रोज्न बाध्य छन । आत्मदाह र आत्महत्या गर्न बाध्य पार्नुमा राज्य प्रणालीको हात छ । यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ । होइन भने अझै प्रेम प्रसाद आचार्यहरु उत्पन्न हुनेछन । यहाँ हजारौंले झुण्डिएर मनुपर्ने अवस्था आउन सक्छ । मैले हिजो एउटा किसान चितवनमा रोईरहेको देखेको छु ।’

‘हजारौं किसानहरु आज सडकमा आएका छन । तर हामी रोष्टममा बसेर खोक्रा भाषण ठोकिरहेका छौं । हाम्रो नीति कहाँ छ ? माननीय कृषिमन्त्रीलाई आग्रह गर्दछु–भारतबाट आउने तरकारी बन्द गर्नुस् । बारीमा जाउ भविष्य छैन । खाडी जाउ उमेर छैन । आज नेपाली किसानले आत्महत्या गर्न बाध्य भएका छन । झण्डै अघिल्लो वर्ष १७ अर्व, ८० लाख ९० हजार र यो वर्षको ६ महिनामा १० अर्व ११ करोड २२ लाख रुपैयाँ हरियो तरकारी आयात गरिएको छ । विदेश पैसा पठाइएको छ । नेपाली किसान बजार मूल्य नपाएर आत्महत्या गरिरहेका छन । चितवनको यो काठमाडौंको रोष्टम भन्दा १३७ किलोमिटर टाढा छ ।’

‘तर आज चितवनमा टमाटरको मूल्य ८ रुपैयाँ किलोमा विक्री हुन्छ । तर त्यही टमाटर आज हामी काठमाडौंमा ६० रुपैयाँ किलोमा खान बाध्य छौं । एक किलो टमाचार बराबर ६५० प्रतिशत महंगो छ । यो संसारको कुन देशमा छ सभामुख महोदय ? तत्काल कृषिमन्त्रीज्यूलाई मेरो अनुरोध छ, आग्रह छ–यी बिचौलियालाई हत्कडी लगाएर थुनियोस र यीनलाई बन्द गरियोस् । अनिमात्रै नेपाली किसानलाई आत्महत्या गर्न बाध्य बनाउने बाटो बन्द हुन्छ । नेपालका किसानले भारतमा तरकारी बेच्न नपाउने अवस्था छ । त्यसको अन्त्य गरियोस् ।’

प्रमुख सचेतक शाहीले नेपालका किसानहरुले भारतमा तरकारी बेच्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै त्यसको पनि अन्त्य गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।