• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन: माओवादीविरुद्ध कांग्रेसले उम्मेदवारी नदिने



file

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विपक्षी दलहरूसँगको छलफलपछि उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णयमा पुगिएको बताएका छन् ।

यससँगै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन हुने देखिएको छ । उपाध्यक्षको मनोनयन दर्ता आज हुँदैछ ।