• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

न्युक्यासल र वेस्टहामले अंक बाँडे



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा न्युक्यासलले वेस्टहाम युनाईटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको तेस्रो मिनेटमा नै कालुम विल्सनले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै वेस्टहामलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुबै टिम अंक बाँड्न बाध्य भए ।

बराबरीसँगै न्युक्यासल युनाइटेड २१ खेलबाट ४० अंकसहित चौंथो स्थानमा रहँदा समान खेलबाट १९ अंकसहित वेस्टहाम १६ औं स्थानमा रहेको छ ।