• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ गोलले हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ गोलले पराजित गरेको हो ।

खेलको नवौँ मिनेटमा वली वाट्कीन्सले गोल गर्दै घरेलु टोली भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्थात् १२ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए ।

३२ औं मिनेटमा लेस्टरका ह्यारी सोउत्तरले आत्मघाती गोल गरेपछि भिल्ला २–१ गोलले अगाडी बढ्यो । तर, ४१ औं मिनेटमा केलेची इहाञ्चोले गोल गर्दै लेस्टरलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा टेटेले र ७९ औं मिनेटमा डेनीस प्राएटले गोल गर्दै लेस्टरलाई ४–२ को जित दिलाए ।

यो नतिजासँगै २१ खेलबाट २८ अंकसहित एस्टन भिल्ला तालिकाको ११ औं स्थानमा रहेको छ । समान खेलबाट २१ अंकसहित लेस्टर सिटी १३ औं स्थानमा छ ।