• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

ब्राइटनले बर्नमाउथलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा ब्राइटनले बर्नमाउथलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन एकमात्र निर्णायक गोल काओरु मितोमाले गरे । उनले ८७ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै २० खेलबाट ब्राइटन ३४ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ । पराजित बर्नमाउथ २१ खेलबाट १७ अंकसहित १९ औं स्थानमा रहेको छ ।