• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

वल्भ्सले लिभरपुललाई ३–० गोलले हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वल्भ्सले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा वल्भ्सले लिभरपुललाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा वल्भ्सलाई जित दिलाउन क्राइग डासन र रुवेन नेभेसले गोल गरे । एक गोल भने वल्भ्सले उपहारस्वरुप पाएको थियो । खेलको पाँचौं मिनेटमा नै लिभरपुलका जोएन माटिपले आत्मघाती गोल गरेका थिए ।

यो नतिजासँगै २० खेलबाट २० अंकसहित लिभरपुल तालिकाको दशौं स्थानमा रहँदा २१ खेलबाट २० अंकसहित वल्भ्स १५ औं स्थानमा रहेको छ ।