५ भाद्र २०८३, शुक्रबार
,
Latest
फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः क्रिस्टल प्यालेसविरुद्ध युनाइटेडको जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले एक–एक गोल गरे । प्यालेसका जेफरी स्कुलुपले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिम युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

७६ औं मिनेटमा प्यालेसका जेफरी स्कुलुपले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । ७० औं मिनेटमा कासेमिरोले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै २१ खेलबाट ४२ अंकसहित युनाइटेड तालिकाको तेस्रो स्थानमा रहेको छ । प्यालेस समान खेलबाट २४ अंकसहित १२ औं स्थानमा रहेको छ ।




भर्खरै