• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

‘लिग लिडर’ आर्सनल एभर्टनसँग पराजित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले हार ब्यहोरेको छ । शनिबार साँझ सम्पन्न खेलमा लिग लिडर आर्सनल एभर्टनसँग १–० गोलले स्तब्ध बनेको हो ।

एभर्टनलाई जित दिलाउन खेलको ६० औं मिनेटमा जेम्स टार्कोस्कीले गोल गरे । कर्नरबाट आएको पासलाई हेडरमार्फत गोल गरेका टार्कोस्कीको गोल नै एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन निर्णायक गोल बन्यो । एभर्टनको प्रशिक्षक सम्हालेका सिन डिचेले आफ्नो पहिलो खेलमै लिग लिडर आर्सनलविरुद्ध जित निकाल्न सफल रहे ।

यो नतिजासँगै २० खेलबाट ५० अंकसहित आर्सनल तालिकाको शीर्षस्थानमा यथावत छ । आर्सनलको यो सिजनको दोस्रो हार हो । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा आर्सनल ५ अंकले अगाडी छ । यता, जित निकालेको एभर्टन २१ खेलबाट १८ अंकसहित तालिकाको १८ औं स्थानमा छ ।