• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

यूएईमा एक नेपालीलाई ८२ करोड रूपैयाँको चिठ्ठा



काठमाडौँ । एक नेपाली युवालेले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झण्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन् ।

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले उक्त चिठ्ठा हात पारेका हुन् ।

उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए । पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन् ।

‘म अत्यन्तै खुसी भएको छु । मैले जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनी बताउँछन् ।

पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए । आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ ।

ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए । दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा हात पारे । यस्तै, सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गर्न सफल रहे ।