
काठमाडौं । काठमाडौंको बालाजु चोकमा एक महिलाको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका-१६ जनजागृती टोल बस्दै आएकी ३८ वर्षीया कौसिला नेपाली बालाजुचोक स्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
शव पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल पाठाइएको छ ।
अनुसन्धानका क्रममा नेपाली र उनको श्रीमान कवाडीमा काम गर्ने गरेका र अत्याधिक मदिरा सेवन गर्ने गरेको खुल्न आएको छ ।
शरीरमा कुनैपनि घाँउ दाग नभएको र अत्याधिक मदिराका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
पोस्टमार्टमको रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।