४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङजा र गोरखाका गरी पाँच जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (डेल्टा बी.१.६१७.२) देखा परेको हो । 

तीमध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका पुरुष तथा गोरखाका बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया महिला छन् । 

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गत जेठ ३१ मा काठमाडौं पठाइएका नमूनाहरूमध्ये पाँच वटामा नयाँ भेरियन्ट पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

यो नयाँ भेरियन्ट पहिला देखिएको अल्फा भेरियन्टभन्दा बढी संक्रामक रहेकोले व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाई थप सतर्क रहन निर्देशनालयले आग्रह गरेको छ ।