• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

एक्सेल्सियरलाई सफलता



काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित गर्यो । एक्सेल्सियरका रुसिब मुनिकरले ११ स्कोर गरे । सोही स्पर्धाको अन्य खेलमा जेनिथले ओएसिसलाई ३७–२६, रातो बंगलाले एलआरआईलाई १७–१२ र रेडिअन्ट पब्लिकले स्वर्णिमलाई ३०–९ ले हराए । जेनिथका सुशिल शाहीले २०, रातो बंगलाका जैबी आचार्यले १४ र रेडिअन्टका सुवास गौतमले २० अंक जोडे ।

गल्र्स बास्केटबलमा द चाँदबागले न्यु जेनिथलाई १०–४, काष्ठमण्डपले स्वर्णिमलाई १७–७ र रेडिअन्टले रिब्सलाई ८–१ ले पन्छाए । चाँदबागकी इभ ठेबेले ४, काष्ठमण्डपकी रिया राईले ११ र रेडिअन्टकी दिब्यान्शा कार्कीले ६ अंक बटुले ।

यु–१२ ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले दोहोरो जित निकाल्यो । एक्सेल्सियरले काभ्यालाई १–० तथा काष्ठमण्डपलाई ३–२ गोलले पाखा लगायो । काभ्या विरुद्ध एक्सेल्सियरका आयान महर्जनले निर्णायक गोल गरे । काष्ठमण्डप विरुद्ध एक्सेल्सियरका साहिलराज थापाले २ तथा कृष पाण्डेले १ गोल गरे ।

काष्ठमण्डपका सुप्रिम बोहरा र सहज ढकालले १–१ गोल फर्काए ।

यु–१६ ब्वाइज फुटबलमा एलआरआईले काभ्यालाई ४–१, हार्टल्यान्ड एकेडेमीले काष्ठमण्डपलाई ३–० र बृहस्पति विद्या सदनलाई १–०, एनआईसी एकेडेमीले विद्या संस्कारलाई ४–३, रिब्स ‘बी’ ले एक्सेल्सियर नीलोलाई ३–१ तथा होली भिजनले बृहस्पतिलाई ६–० गोलअन्तरले निराश पारे । न्यु इरा र ग्रिनफिल्डले गोलरहित बराबरी खेले ।