५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगको ५० प्रतिशत तयारी पूराः एन्फा



अ+ अ-

काठमाडौं । आगामी फागुन १९ गतेबाट सुरु हुन गइरहेको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ५० प्रतिशत तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगको ५० प्रतिशत तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एन्फाका महासचिव किरण राईले लिगको ५० प्रतिशत तयारी सकिएको बताए । तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।

लिगका लागि १४ वटै क्लबले नाम दर्ता गराईसकेको एन्फाले जनाएको छ । एन्फाका अनुसार सबै क्लबले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिइसकेका छन् ।

एन्फाले लिगको तयारीस्वरुप ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।

उन्फाका अनुसार यस पटकको लिग विजेताले ७५ लाख, दोस्रोले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार ३ लाख पुर्याइएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख तथा इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लबलाई म्याच मनीवापत ५० हजार रुपैयाँ प्रदान गरिने तथा बराबरी भएको खण्डमा दुई क्लबबीच रकम बराबर बाँडिने एन्फाले जनाएको छ । यस्तै, हरेक खेलको उत्कृष्ट खेलाडीले प्लेयर अफ द म्याचस्वरुप १० हजार रुपैयाँ पाउनेछन् ।