२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

सरकारले निर्णय गरेको स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता आजसम्म प्राप्त भएन: अनिता देवकोटा

सरकारले निर्णय गरेको स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता आजसम्म प्राप्त भएन: अनिता देवकोटा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत् तानाशाही शासन चलाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले संसद छलेर अध्यादेशमार्फत् तानाशाही शासन चलाएको बताउनुभएको हो । 

उहाँले सरकारले नागरिकको हित विपरित केवल आफ्नो अभिष्ट पुरा गर्नका लागि राज्य सञ्चालन गरिरहेको बताउनुभयो । आफै कानुन बनाउने, कार्यान्वयन गने र कानुनको व्याख्या गरेर सरकारले निरंकुशता र अनुत्तरदायि प्रस्तुत गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘यदी सरकारले अध्यादेशमार्फत् बाटै मात्रै सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ । त्यसैले नागरिकको हित विपरित सरकारले आफ्नो अभिष्ट पुरा गर्नको लागि अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ । आफैँ कानुन बनाउने, आफैँ कार्यान्वयन गर्ने र आफैँ कानुनको व्याख्या गर्ने यो प्रजातन्त्र भित्रको निरंकुशता हो । अनुत्तरदायी हो । यो सरकारको यही प्रमाण हो भन्ने मलाई लागेको छ ।’

उहाँले सरकारले घोषणा गरे अनुसार कोभिड – १९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको बताउनुभयो । जोखिमभत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको उहाँको भनाई छ । शिक्षा क्षेत्रपनि तहसनहस भएको उल्लेख गर्दै उहाँले कोभिड – १९ विरुद्धको खोप नपाई विद्यालय सञ्चालन गर्न नसक्ने भनेर शिक्षकहरु आन्दोलित भइरहेको भएपनि सरकार बेखबर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता दिने भनेर सरकारले निर्णय गर्यो । तर आजसम्म ति स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । 

उनीहरुको मनोबल बढ्न सकेको छैन । शिक्षा क्षेत्र त्यस्तै तहसनहस छ । नो भ्याक्सिन, नो स्कूल भनेर शिक्षकहरु आन्दोलित छन् । तर सरकार बेखबर छन् ।’ उहाँले महिला हिंसाको घटनामा वृद्धि भईरहेको भन्दै यस्ता संवेदनशील विषयहरुमा सरकारले फास्ट ट्रयाकका माध्यमबाट अनुसन्धान गरी अपराधीहरुलाई कानुनी दायरामा ल्याउन सरकारले ढिला गरेको बताउनुभयो ।