१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्धको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन



अ+ अ-

काठमाडौँ । नाबालिग बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ ।

न्यायाधीश हरि फुँयालको इजलासले उक्त आदेश जारी गरेको हो । मूल मुद्दाको जोहेरीदेखि उच्च अदालतसम्माको आदेशसम्बन्धी विवरण नै कैफियत प्रतिवेदन हो ।

नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले यही माघ १७ गते क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो । उक्त निवेदनको पेशी शुक्रबारका लागि तोकिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई धरौटौमा छाड्ने उच्च अदालत पाटनको आदेश कानूनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्या प्रतिकूल भएको जनाउँदै निवेदन दिएको थियो ।

करिब दुई साताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित रिहा गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले शर्त सहित उनलाई रिहा गर्न आदेश दिनुभएको थियो ।

कार्यालयले फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम बेरीतको आदेश बदर गर्न माग गरेको छ । उक्त संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने व्यवस्था गरेको छ । संहिताअनुसार १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको बालिकाको उमेर १७ वर्ष छ।