१० बैशाख २०८२, बुधबार
,
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट थ्री नेसन्स कप फुटबल विजेता खेलाडी र प्रशिक्षक पुरस्कृत



अ+ अ-

काठमाडौं । ३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगद सहित पुरस्कृत गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गर्नुभएको हो । २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए । गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो । 

यस्तै प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित भइ फाइनल खेल हेर्नुभएको थियो । सोही क्रममा विजेता लाई पुरस्कार दिने घोषणा गरेका थिए । थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४÷४ लाख दिने निर्णय गरेको थियो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो । फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक÷एक गोल गरेका थिए । ३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले सन १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।