६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपांगता भएकी छोरीलाई ‘तीनमहिने सुई’ !



अ+ अ-

रोल्पा । रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छन। द्वन्द्वकालमा शारीरिक हिंसासमेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन्।

विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हि“ड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नुपरेको बताउँछिन्। खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भपतन गराउनुपरेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन्।

‘म दिनभर मजदुरी गर्न जान्छु। छोरी एक्लै यताउति हिँड्छे। पोहर कुन चाहि पापीले छोरीमाथि जथाभाबी गरेछ। जसोतसो अस्पताल लगेर बच्चा फाल्नुप७थभलसयो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारीसमेत स्याहार्न नसक्ने छोरीलाई मन दुखाएर भए पनि तीनमहिने सुई लाइदिने गरेकी छु।’

माओवादी द्वन्द्वताका २०६० सालमा सुरक्षाकर्मीबाट घरछेउमै बलात्कारमा परेकी थिइन् सरला। त्यही पिरले रक्सी पिउने भएका पति अर्को वर्ष २०६१ सालमा बितेपछि उनको जीवनमा अर्को पीडा थपियो। उपचार अभावमा आठ वर्षका छोरासमेत गुमाएकी सरला यतिबेला बस्ने ठाउँ नभएपछि माइतीको शरणमा छिन। ‘दुई छोरी बिहे गरेर घर गइसके। छोरो सानैमा बितेको हो। आफ्नो भन्ने काही छैन। अहिले माइतीघरमा बसेकी छु।’ कहीँकतैबाट कुनै सहयोग नपाएकी सरला द्वन्द्वपीडितको तथ्यांकमा पनि अटाएकी छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।