३१ भाद्र २०८३, बुधबार
,
Latest
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने काँग्रेसको आग्रहः विपद्को समयमा सरकार अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस् विपद् व्यवस्थापनमा सरकारी निकायबीच निरन्तर समन्वय भइरहेको छ : लामिछाने सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनमा पनि अर्जुनधाराधामको मुख्य मन्दिर खुला नहुने



अ+ अ-

झापा । कोभिड–१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण जनाउँदै झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ । साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस् भन्दै शिवालयमा जल चढाउने परम्परा रहेको छ ।

झापामा निषेधाज्ञा जारी रहेको हुँदा मन्दिर खुला नहुने धाम व्यवस्थापन समितिले जनाएको छ । साउन महिनामा पहेँलो र हरियो रङका चुरा, मेहन्दीलगाएर शिवजीको पूजा आराधना गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । पूर्वको पशुपतिनाथको नामले परिचत अर्जुनधारा जलेश्वरधाममा विगगका वर्षमा साउन महिनाको सोमबार जल चढाउने भक्तजनको घुइँचो लाग्ने गर्दथ्यो ।

गत वर्ष पनि कोभिड–१९ को तीव्र लहरका कारण धाम खुलाइएको थिएन । मूलढोका नखुल्दा भक्तजनले मन्दिर बाहिरबाट नै फूल र प्रसाद अर्पण गरेर शिवको पूजा आराधना गरेका थिए । यसपालि पनि बिहान नित्य पूजाको समयबाहेक मन्दिर नखुल्ने समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो । सोमबारे जल चढाउन र शिवको पूजा आराधना गर्न पूर्वी नेपालका विभिन्न स्थानदेखि भारतको सिलीगुढी, दार्जिलिङ, सिक्किमलगायतका ठाउँबाट हजारौँ भक्तजन अर्जुनधारा आउने गरेका थिए । यहाँ आउने भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मीको समेत व्यवस्था हुने गरेको थियो ।

कोभिड–१९ को सङ्क्रमण बढेसँगै मठमन्दिर, सभा समारोहलगायतका सम्पूर्ण कार्यक्रम सरकारले स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले गत वैशाख २१ गतेदेखि नै पटकपटक निषेधाज्ञा जारी गर्दै आएको छ । निषेधाज्ञा अवधिमा अर्जुनधाराको मूल मन्दिर बिहान ५ बजेदेखि ७ः३० बजेसम्म नित्य पूजाका लागि मात्र खुल्ने गरेको जोशीले बताउनुभयो । “सरकारी नियम पालना गर्छौं”, उहाँले भन्नुभयो, “तत्काल मन्दिर खोल्ने कुनै योजना छैन । यस्तो महामारीका समयमा टाढाका भक्तजन पक्कै आउनुहुन्न । नजिकबाट आउनेहरुले सुरक्षा मापदण्ड अपनाएर मन्दिरबाहिर रहेको शिवलिङ्गमा पूजा गर्न सक्नुहुन्छ ।”