• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानमन्त्री र मन्त्रीहरूबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण होइन– पन्त(भिडियोसहित)



काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री र मन्त्रीहरुबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले संविधानका आधारभूत संरचनाहरुमा प्रधानमन्त्री र मन्त्रीहरुबीच मतभेद भएको भन्दै संविधानबमोजिम सपथ लिएको मन्त्रीले संविधानको भावनाविपरीत बोल्न नमिल्ने बताउनुभयो ।

“संघीयता विरुद्ध बोल्नेलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्छु भन्नुभयो तर भोलिपल्टै सरकारका मन्त्रीहरुले संघीयता रहनुहुँदैन भनेर बोल्नुभयो”, सांसद पन्तले भन्नुभयो, “प्रधानमन्त्रीले अहिलेसम्म स्पष्टीकरण सोध्नुभएको छैन ।”

उहाँका अनुसार सार्वजनिकरुपमा प्रधानमन्त्री र मन्त्रीहरुबीच विवाद हुनु राम्रो होइन, मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्न पाइँदैन ।