९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्रीहरूबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण होइन– पन्त(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री र मन्त्रीहरुबीच सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले संविधानका आधारभूत संरचनाहरुमा प्रधानमन्त्री र मन्त्रीहरुबीच मतभेद भएको भन्दै संविधानबमोजिम सपथ लिएको मन्त्रीले संविधानको भावनाविपरीत बोल्न नमिल्ने बताउनुभयो ।

“संघीयता विरुद्ध बोल्नेलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्छु भन्नुभयो तर भोलिपल्टै सरकारका मन्त्रीहरुले संघीयता रहनुहुँदैन भनेर बोल्नुभयो”, सांसद पन्तले भन्नुभयो, “प्रधानमन्त्रीले अहिलेसम्म स्पष्टीकरण सोध्नुभएको छैन ।”

उहाँका अनुसार सार्वजनिकरुपमा प्रधानमन्त्री र मन्त्रीहरुबीच विवाद हुनु राम्रो होइन, मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्न पाइँदैन ।