२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले गर्यो सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडी वर्गीकरण: सन्दीपलाई समावेश गरिएन



अ+ अ-

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)  ले छ महिनाको केन्द्रिय करारको लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ ।

मंगलबार पोखरामा बसेको बोर्ड बैठकले २०२३ को जनावरी देखि जुनसम्म छ महिनाको लागि १८ पुरुष र १२ महिला गरी ३० खेलाडीहरुको वर्गीकरण गरेको हो ।

क्यानको नयाँ ग्रेडिङमा पुरुषतर्फ ग्रेड ‘ए’मा ५, ग्रेड ‘बी’मा ३ र ग्रेड ‘सी’मा १० जना रहेका छन् । ग्रेडिङमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई ‘बी’ ग्रेडमा झारिएको छ भने सन्दीप लामिछानेलाई समावेश गरिएको छैन ।

पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख रहेका छन् भने ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन्। यस्तै ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

यस्तै, क्यानले महिलातर्फ ग्रेड ‘ए’ र ग्रेड ‘बी’मा ३/३ जना राखेको छ भने ग्रेड ‘सी’मा ६ जना राखेको छ । ग्रेड ‘ए’मा रुविना क्षेत्री, सिता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् । यस्तै, ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम परेका छन् ।




भर्खरै