• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या सय पुग्यो



एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी छ । पछिल्लो विवरणअनुसार हालसम्म सय जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटनाहरू लगातार बढिरहेको छ । मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, “म सात घण्टासम्म भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नका लागि सबै आशा गुमाएको थिए ।” पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको सङ्ख्या सय पुगेको बताएका छन् ।

त्यसैगरी दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् । सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई दिएको जानकारीअनुसार मृतकहरूमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए जसमध्ये तीन सयदेखि चार सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए ।