८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ : मन्त्री किराती

पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाइनुपर्छ : मन्त्री किराती
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुग्नुभएका मन्त्री किरातीले आज आयोजित कार्यक्रममा बाहिर हुने गरेका नकारात्मक टीकाटिप्पणी अन्त्य गरिनुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोषका गतिविधि चलायमान हुनुपर्ने उहाँको भनाइ थियो । “कोषले राज्यसँग लिनेमात्र भन्दा पनि विश्वविद्यालय, अस्पतालजस्ता सेवामूलक सेवा दिनुपर्छ, भगवान्को नामबाट सञ्चालन हुने यहाँका गतिविधि पारदर्शी हुनुपर्छ, पशुपति क्षेत्रमा रात्रिकालीन सफाइ सेवा पनि सञ्चालनमा ल्याएर सुधारको थालनी गरिनुपर्छ”, मन्त्री किरातीले भन्नुभयो ।

पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद पसलमा अनियमितता भइरहेको, बढी मूल्य तोकिने गरेको, घाट सेवामा अनियमितता हुने गरेकोलगायत गुनासा बढेकाले त्यसको समाधान गरिनुपर्ने उहाँको निर्देशन थियो ।

राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पशुपति क्षेत्रको गुरुयोजना निर्माणमा ढिलाइ भएको उल्लेख गर्नुहुँदै विश्वमा पशुपतिनाथको पहिचान हुनेगरी गुरुयोजना बनाइनुपर्ने बताउनुभयो । पशुपति क्षेत्रलाई पूजापाठ गर्नेस्थलका रुपमा मात्र नभइ यहाँको महत्वलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने उहाँको भनाइ थियो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रमा सञ्चालनमा रहेका फूलप्रसाद बिक्री कक्षमा फागुन पहिलो सातादेखि नै मूल्यसूची राख्न सूचना प्रकाशन गरिने जानकारी दिनुभयो । पशुपति क्षेत्रमा पाइने सेवा सुविधाका विषयमा नागरिक बडापत्र राखिने जानकारी पनि उहाँले दिनुभएको थियो ।

घाट सेवामा आउनेसँग पैसा लिने गरिएको गुनासा आएकामा छानबिन गरेर दोषी पाइएका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता कोषले जनाएको छ । पशुपति क्षेत्रका बारेमा बाहिर राम्रो सन्देश नगएका विषयमा पनि कोषले अध्ययन गर्ने भएको छ । पशुपति क्षेत्रका गतिविधिलाई पारदर्शी बनाउन आफू कोषाध्यक्ष भएका बेला सबै आर्थिक गतिविधि बैङ्किङ प्रणालीमा लगेको, पशुपतिनाथका नाममा रहेका सम्पत्ति एवं जग्गाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गरी राम्रा काम गरिएको जानकारी सदस्य सचिव थापाले दिनुभयो ।

पशुपतिनाथका नाममा रहेको सम्पत्ति र जग्गाको छानबिन कोषको तहबाट गर्दा स्रोत, साधन र अधिकार सीमिततका कारण सबै सम्भव नभएकाले सरकारले उच्चस्तरीय छानबिन गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ । त्यो सुझाव छिटो कार्यान्वयन गरिनुपर्ने सदस्य सचिव थापाको भनाइ थियो । पशुपति क्षेत्रको गुरुयोजना गत पुस ८ गते कोष सञ्चालक परिषद्बाट पारित गरी मन्त्रिपरिषद्मा लैजान मन्त्रालयमा पेस गर्ने तयारी गरिएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएर पुनःनिर्माण गरिनुपर्ने पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ । हाल ११ वटा सम्पदाको पुनःनिर्माण भइरहेको छ । बाँकी १६ सम्पदाको पुनःनिर्माण हुन बाँकी रहेको जानकारी पनि सो अवसरमा गराइएको थियो । रासस