१८ भाद्र २०८३, बिहीबार
,
Latest
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्छः सञ्चारमन्त्री शर्मा(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लानुपर्ने चुनौति रहेको बताउनुभएको हो । उहाँले उपलब्ध साधन, स्रोत र जनशक्तिको परिचालन गरी व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनु भयो । टेलिभिजनलाई आधारभुत जनताले महशुस गर्नेगरी योजनाहरु तय गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलतायुक्त नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्रका र देश बाहिरका समेत अनगिन्ति टेलिभिजन च्यानलहरुकाबिच आफुलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लैजानुपर्ने चुनौति रहेको छ । यसको लागि उपलब्ध साधन, स्रोत र जनशक्तिको अधिकतम सदुपयोग र परिचालन गर्ने र व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ । आगामी दिनका लागि टेलिभिजनले गहिरो अध्ययन गरी आधारभुत जनताले महशुस गर्ने खालका योजनाहरु तय गरोस् । र त्यसलाई लक्ष्य अनुरुप सम्पन्न गर्नको निम्ति आफ्ना सबै साधन, स्रोतको सही ढंगले सदुपयोग गरोस् । र गर्नेछ भन्ने कुराको विश्वास पनि लिएको छु ।’

सञ्चारमन्त्री शर्माले गणतन्त्रको संवद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन र सामाजिक न्यायको विषयलाई आत्मसाथ गर्दै प्रशारणको विषयवस्तु बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रविधि र पहुँचमा पनि बिस्तार र सुधार गर्दै लानुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संवद्र्धन, राष्ट्रिय हीतको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन, बहुलता, विविधता र सामाजिक न्यायको स्थापना जस्ता विषयलाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाल टेलिभिजनले आफ्ना प्रशारणका विषयवस्तु, प्रश्तुति, प्रविधि र पहुँचमा थप बिस्तार र सुधार गर्दै जाओस् ।’

मन्त्री शर्माले नेपाल टेलिभिजनको विकास, क्षमता अभिवृद्धि तथा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासप्रति मन्त्रालय सकारात्मक रहेको बताउनु भयो । उहाँले टेलिभिजनका कर्मचारीहरुले आफ्नो कर्मथलोप्रति सधैँ इमान्दार र प्रतिवद्ध भइ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।