११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

मौरी चरनका लागि ललितपुरबाट बागलुङ पुगेका श्रेष्ठले तीन लाख बढीको मह उत्पादन गरे

मौरी चरनका लागि ललितपुरबाट बागलुङ पुगेका श्रेष्ठले तीन लाख बढीको मह उत्पादन गरे
अ अ+ अ-

गलकोट । मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बागलुङको कुँडुले फाँट आउनुभएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गर्नुभयो । एक सय मौरीका घारसहित चरनका लागि आउनु भएका उहाँले तीन सय केजी मह उत्पादन गरेको बताउनुभयो । “मह प्रतिकेजी रू एक हजार दुई सयकादरले तीन लाखभन्दा बढी आम्दानी भइसकेको छ, अहिले प्रत्येक साता मह काढ्छु”, उहाँले भन्नुभयो ।

मौरी चरनका लागि उपयुक्त कुडुँले फाँटमा यतिबेला तोरी फुलेको छ । तोरी फुल्ने मौसमका साथै मौरीका लागि उपयुक्त हावापनी भएकाले यहाँ महको उत्पादन दोब्बरले बढेको श्रेष्ठको भनाइ छ ।

“महको व्यावसायिक घार र प्रविधिको प्रयोगले मह काढिन्छ, उपयुक्त हावापानी र राम्रो चरन क्षेत्रका कारण मह उत्पादनमा राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “अहिले कुडुँले फाँटमा एक सय घार मौरी चराउनका लागि एक हप्ताअघि ल्याएको थिए, एक हप्तामा तीन सय केजी मह उत्पादन भयो ।”

उहाँका अनुसार तीन सय केजीको बजार मूल्य रू तीन लाख ६० हजार पर्दछ । मौरीको ढुवानी र आउन जान खर्च भए पनि चरन क्षेत्र राम्रो हुँदा निकै फाइदा भएको उहाँको भनाइ छ । “अझै दुई पटक मह काढ्न सकिन्छ, त्यसपछि यहाँका घार पुनः अर्को स्थानमा पु¥याउने हो, यही तोरी फुलेको सिजनमा एक सय घार मौरीबाट १० लाख कमाउन सकिन्छ” उहाँले भन्नुभयो । चरन क्षेत्र राम्रो भएकाले एक महिनामा तीन पटक मह उत्पादन गर्न सकिन्छ ।”

महको चाकालाई असर नपर्ने गरी मह निकाल्दा माहुरीले छिटो मह उत्पादन गर्ने मह किसानको अनुभव छ । राम्रोसँग फस्टाएको घारमा एकै पटकमा १० केजीसम्म मह उत्पादन भएको श्रेष्ठको अनुभव छ ।

श्रेष्ठले स्थानीयलाई समेत मौरीको व्यावसायिक उत्पादनका लागि प्रेरणा दिनुभएको छ । कुडुँले फाँट र म्याग्दीको रत्नेचौर फाँट अहिले तोरीका कारण प्रख्यात बनेपछि तोरीको बहुउपयोगिताका लागि मौरी चरन क्षेत्रका रुपमा लिइएको म्याग्दी चिम खोला घर भई हालै मात्र मौरीपालन व्यवसायमा लागेर मह उत्पादन कार्य अवलोकन गर्न बागलुङको कुडुँले फाँटमा आउनुभएको डविन पुनले बताउनुभयो ।

पुनले हालैबाट ३१ वटा मौरीका घार म्याग्दी नगरपालिका–१ रत्नेचौरको तोरीबारीमा चराउनका लागि राख्नुभएको छ । “म नयाँ किसान हुँ । कुडुँले फाँटमा अहिले ललितपुरबाट मौरी चराउन ल्याइएको थाहा पाए पनि सिक्नका लागि यहाँ आएको छु, मैले ३१ घार मौरी अहिले रत्नेचौर तोरी बारीमा राखेको छु ।” पुनले भन्नुभयो । विसं २०५१ सालदेखि मौरीपालन गर्दै आउनुभएका ललितपुरका धर्मराज श्रेष्ठले कुडुँलेमै मौरीपालनका धेरै कुरा सिकाउनुभएको र उपयुक्त हावापानी र चरन क्षेत्र राम्रो भएमा मह उत्पादनबाट मनग्य आम्दानी गर्न सकिने रहेछ भन्ने आफूले बुझेको बताउनुभयो ।

मौरीका घारबाट किसान धर्मराज श्रेष्ठले मह काढ्दै गर्दा अवलोकन गर्न पुग्नुभएका बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का । तस्बिर: खेमराज गौतम

ललितपुरका श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घारहरुसमेत बिक्री गर्दै आउनुभएको छ । उहाँले प्रतिघार १२ हजारमा बिक्री गर्दै आउनुभएको छ । माउन्टेन मौरी कन्सर्नले मौरीसहितका घारहरु बिक्रीबाट मह बिक्रीको तुलनामा बढी फाइदा गर्दै आएको छ ।

“पहाडी क्षेत्रमा चरेका मौरीको मह आर्गानिक र स्वस्थकर मानिन्छ”, उहाँले भन्नुभयो, “मैले उत्पादन गरेको मह जापान निर्यात हुन्छ । बागलुङमा मौरीपालनको व्यवसाय फष्ठाउने संभावना रहेछ, आगमी वर्ष समेत मौरी चराउन यही ल्याउने योजना बनाएको छु ।”

उहाँले बागलुङ जिल्लामा पहिलोपटक मौरी लिएर आएको भएपनि अहिले हाम्रो मौरीका घार सिन्दुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काठमाडौको विभिन्न स्थानमा पुर्याएको जानकारी दिनुभयो । मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा समझदारी गरिने श्रेष्ठको भनाइ छ । रासस