३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौंः राजकिशोर यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता, पूर्वमन्त्री एवम् सांसद राजकिशोर यादवले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै दलविशेषको व्यक्तिलाईअघि सार्न नहुनेमा जोड दिएका छन् । विगतमा दलीय आधारमा राष्ट्रपति नियुक्त गर्दा कार्यकारीले गरेका निर्णय रोक्ने र उल्टाउने काम भएको भन्दै अब त्यस्तो गल्ती दोहोर्याउन नहुने उनको भनाई छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले राष्ट्रपतिको निर्वाचनको विषयले हाम्रो राजनीति तातिएको छ । सबैको यसमा चासो बढेको छ । राष्ट्रपतिको बारेमा हामीले संविधान लेखिरहँदाखेरि यो अलांकारिक, राष्ट्रको साझा व्यक्तिको रुपमा खासगरी अभिभावकको रुपमा आफ्नो भूमिका निर्वाह गर्ने परिकल्पना गरेर नै संविधान लेखिएको हो । विगतमा दुई वटा राष्ट्रपतिका कार्यकालको रुपमा अनुभव बटुलेका छौं । अहिले राष्ट्रपतिको बारेमा पार्टीहरुका बीचमा ध्रुवीकरण भएको छ, यो चर्चाको विषय बनेको छ ।

विगतमा राष्ट्रपतिहरुद्धारा आफ्नोअनुकुल संविधानलाई व्याख्या गरेर, आलांकारिकभन्दापनि कुनै कुनै ठाउँमा कार्यकारीजस्तो भूमिका खेलेको देखियो । राष्ट्रपतिबारे दलीय धु्रवीकरण भएको छ, यसमा दुईवटा कारण छ । पहिलो भनेको आफ्नो अनुकुलको राष्ट्रपति भयो भने, त्यहीअनुकुल गराउने दृष्टिकोण छ । अर्को चाहीँ, राष्ट्रपति आफूभन्दा फरक विचारको भयो भने भोलि समस्या पार्ला कि भन्ने चिन्ता र चासो छ । अहिले अलिक बढि नै चर्चा या धु्रवीकरण भएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले आफूहरु राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति निर्वाचित गर्ने पक्षमा रहेको सुनाए । उनले थपे–‘हामीले संविधानले परिकल्पना गरेजस्तो राष्ट्रपतिमा राष्टिय सहमतिको आधारमा, र त्यो साझा व्यक्तित्वलाई निर्वाचित गर्न सक्यौं भने त्यो पदको गरिमा पनि बढ्छ । संविधानको संरक्षकको रुपमा राष्ट्रपतिलाई परिकल्पना गरेका छौं ।

साझा व्यक्ति ल्याउन सकियो भने त्यो न्याय हुन्छ । दलीय भागबण्डा भन्दा माथि उठेर संविधानलाई कार्यान्वयन गर्ने व्यक्ति ल्याउनुपर्छ । अहिले हाम्रो जुन कलिलो शिशु अवस्थामा रहेको व्यवस्थालाई परिस्कृत बनाउनको लागि पनि त्यतातिर सोच्नुपर्छ । लोकतान्त्रिक व्यवस्था आज दलतन्त्रमा फसेको छ । अहिले चिन्ता बढेको छ । व्यवस्थालाई समृद्ध र परिस्कृत बनाउन चाहेको हो भने राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौं ।’

यादवले राष्ट्रिय जीवनमा आफ्नो ठूलो लगानी गरेको र देशको अभिभावकको रुपमा सबैले स्विकार गर्नसक्ने र सबै दलले स्वामित्व ग्रहण गर्नसक्ने व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने धारणा राखे । ‘अब फलानो या ढिस्कानो दलको भागमा पार्नुहुँदैन् । राष्ट्रपति भनेको कुनै दलविशेषको कार्यकर्तालाई त्यहाँ पठाउनुभन्दा साझा व्यक्तित्व खेज्नुपर्छ ।’–उनले भने ।

राष्ट्रपतिको चुनाव नजिकिएसँगै दलहरुको सक्रियता बढेको उनको चर्चा छ । उनले भने,‘राष्ट्रपतिको निर्वाचन आईरहेको छ, यति सारो यसको निर्वाचनबारे मोह भएको छ । यसको पछाडि कारण छन् । राष्ट्रपतिको भूमिकालाई लिएर अब सदनभित्र बहस हुनुपर्छ । विगतमा कहाँ–कहाँ संविधान र कानून कुल्चिने काम भयो ? राष्ट्रपतिबाट दलीय मोहमा फसेर कार्यकारीले गरेको निर्णय उल्टाउने र रोक्ने काम भएको छ । यसले संविधानको भावनाअनुकुलको काम भएको छैन् । भविष्यमा यस्ता काम नहोस भन्नको लागि, लुप प्वाईन्ट रोकौं । संविधानको अक्षरंश पालना गरौं ।’

यादवले रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतबाट जारी पछिल्लो फैसलालाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले फैसलाको बारेमा टिकाटिप्पणी गर्नु मुनासिफ नभएको तर्क गरे । यादवले रवि लामिछानेले छोटो समयमा दल निर्माण गरेर निर्वाचनमा प्राप्त गरेको सफलता चर्चा गर्नयोग्य रहेको भन्दै प्रशंसा गरे ।

उनले भने,‘उहाँले छोटो समयमा दल दर्ता गरेर निर्वाचनमा जुन सफलता हाँसिल गर्नुभयो । नेपाली राजनीतिमा यसमा अध्ययन र खोजबीन भयो भने यो नौलो घट्नाको रुपमा हुनेछ । उहाँले चमत्कार नै गरेको मान्न सकिन्छ । अहिले जुन घट्ना घटित भएको छ, अदालतको फैसला आईसकेको छ । फैसलाको टिकाटिप्पणी गर्नु त्यति मुनासिफ हुँदैन् । रविजीले अगाडि कसरी बढ्नु्हुन्छ, उहाँको पार्टी र सभापति भएको नाताले राजनीति के गर्दा राम्रो हुन्छ, त्यो त उहाँको स्वविवेकमा भरपर्छ ।’

विधि र थितिको अनि कानूनी राज्यमा बस्ने भएकोले सबैले कानूनी राज्यको पालना गर्नुपर्नेमा उनको जोड छ । उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा सत्ता गठबन्धनमा सम्वाद होला भन्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिलेको सरकारमा रविजीको पनि दल छ, उहाँले समर्थन गर्नुभएको छ, सत्ता घटकमा सम्वाद होला । सत्ता गठबन्धन कसरी अघि बढ्ने भन्नेबारेमा उपयुक्त निर्णयमा पुग्ला । भोलिको दिनमा कसरी अघि बढ्ला, त्यो त थाहा भैहाल्छ नि ।’

रवि लामिछानेको सवालमा उनले लिएको अडान र देखेको सपना कसरी पुरा गर्न सकिन्छ भन्नेबारे उनले नै सोच्नुपर्ने यादवको भनाई छ । उनले भने,‘उहाँको देश र जनताको हितमा चाल्ने कदमप्रति हाम्रो सहयोग रहनेछ । काम हेरेर हाम्रो समर्थन वा विरोध हुन्छ । बहुदलीय व्यवस्थामा सहकार्य र विरोध कामको आधारमा गर्नुपर्छ । हामीपनि कामको आधारमा विरोध वा समर्थन गर्छौं ।’

उनले अहिले युवाहरु संसद्मा आएको उल्लेख गर्दै संसद्मा अहिलेको कम्पोजिसनले आशा जगाएको पनि सुनाए। ‘अब संसद् दुई/चार जना नेताको निर्णयको बन्धकी हुँदैन् । त्यहाँ हेल्थी छलफल हुन्छ । प्रक्रियाको नाममा, जसरी राज्य सञ्चालन भैरहेको छ, उनीहरु जनताप्रति संवेदनशील भएनन् । यसप्रति मिडियाले घच्घचाउनुपर्छ । सरकारलाई जनउत्तरदायी बनाउनेबारे हाम्रो भूमिका हुन्छ ।’