१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड गतिशील नेता हुन्, यो गठबन्धन धेरै टिक्दैनः भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको राजनीति र नेपाली नेताहरुको चिन्तनमा अत्यन्त बच्पना रहेको टिप्पणी गरेका छन् ।

आफूहरुले जेल र यातना सहेर बहुदल ल्याएको ३२ वर्ष भइसक्दा पनि नेताहरुको सत्ताको मानसिकता र आन्तिरिक द्धन्द्धका कारण मुलूकलाई नराम्रो असर पारेको उनको आरोप छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालको आयोजनामा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेताहरुसँग भएको साक्षात्कार’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘नेपाली राजनीतिमा नेताहरुको चिन्तन अत्यन्तै बचपन छ । यसरी मुलूक बन्दैन । ३२ वर्ष भयो हामीले बहुदल ल्याएको । हामी जेल बसेको, यातना खाएको यो मूलुक रुपान्तरण गरौंला भन्ने थियो । जहिलेसुकै सत्ताको कुरा र द्धन्द्धको कुरा यसले मुलूकलाई डुबायो ।,’

विगतका सोचाई बोकेर अझै हिडिरहे अर्को ३२ वर्षमा पनि यो मुलूक नबन्ने उनको दाबी छ । साथै, मनमोहन प्रधानमन्त्री हुँदापनि आफूहरुले विश्वासको मत दिएको स्मरण गर्दै उनले त्यसबेला मनमोहनलाई समर्थन नगर्दा मध्यावधि निर्वाचनमा जानुपर्ने भएको र मुलूकको धेरै खर्च हुने भएकाले समर्थन गरेको बताए ।

‘हामीले मनमोहनजी प्रधानमन्त्री हुँदा समर्थन गर्यौं । मुलूकको धेरै खर्च हुने भयो । मध्यावधि निर्वाचनमा जाने भयो भनेर समर्थन गर्यौं,’ उनले विगत स्मरण गराए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको र संसारका दर्शन र सिद्धान्त सधैंका लागि नहुने बताए । माओवादीसँगको गठबन्धनमा निर्वाचनमा जाँदै गर्दा जनतासँग गरेको वाचा पुरा गर्न कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको उनको भनाई छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्नु कांग्रेसको गल्ती भएको उनको स्विकारोक्ति थियो । अहिलेको सरकारलाई खिचडी सरकारको संज्ञा दिँदै उनले यस विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दै नेता भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने ठोकुवा गरे । उनले प्रचण्ड जतापनि टर्न लिनसक्ने नेता भएको चित्रण गरे ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आगामी पाँच वर्ष सरकारमा जानु गल्ती भएको उनको दाबी छ । रबिप्रति जनताको आकर्षण देखेर आफू लोभिएको उनको भनाई छ । आफूले निर्वाचनमा रबिसँग प्रतिस्पर्धा चाहेको पनि भण्डारीले बताए ।

प्रतिस्पर्धाबाट नै लोकतन्त्र मौलाउने उनको भनाई छ । रबि लामिछाने गैरसांसदको रुपमा मन्त्री बन्ने कि नबन्ने भन्ने उनको इच्चा भएको भण्डारीको टिप्पणी छ । आफ्नो पार्टी सत्तामा आफ्नो नेतृत्वमा जाने नभए प्रतिपक्षमा बसेर जनताको मुद्धा उठाउने उनले बताए । उनले आफूहरुले राष्ट्रपतिको उम्मेदवार बनाउने पनि घोषणा गरे ।