• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

दक्षिण अफ्रिकामा जन्मदिनको पार्टीमा गोली चल्दा ८ जनाको मृत्यु



एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी केप राज्यमा जन्मदिनको पार्टीमा गोली चलेको छ । घटनामा ८ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार घटना आइतबार साँझ ५ः३० देखि ५ः४५ बजेको बीचमा भएको हो । दुईजना आक्रमणकारी एक घरमा प्रवेश गरे र गोली चलाउन थाले । घटनापछि आक्रमणकारीहरू घटनास्थलबाट फरार भएका छन् ।

अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ भने हालसम्म आक्रमणको कारण खुल्न सकेको छैन ।

प्रहरीका अनुसार घरधनी आफ्नो जन्मदिन मनाउँदै थिए । धेरै पाहुना पनि आएका थिए । त्यसपछि दुई आक्रमणकारी आएर अन्धाधुन्ध गोली चलाउन थाले । आक्रमणमा परी आफ्नो जन्मदिन मनाउने घरका मालिकसहित आठ जनाको मृत्यु भएको थियो ।