१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

धनकुटा महोत्सव भागदौड घटनाः ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’– रुशा राई

धनकुटा महोत्सव भागदौड घटनाः ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’– रुशा राई
अ अ+ अ-

धरान । शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो ।

गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड निन्त्रण गर्न हम्मे भयो । तर्साउन प्रहरीले लाठी चार्ज ग¥यो । भीड झन् आक्रोशित हँुदै गेटतिर बढ्यो । अगाडिको समस्या पछाडिका मान्छेलाई थाहा थिएन । पछाडिबाट भीडले ठेल्दै ल्याउँदा अगाडि रहेका मान्छे च्यापिएर घाइते भए ।

उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको धनकुटा महोत्सवको आठौँ दिनको दृश्य हो । भीड नियन्त्रण गर्न नसक्दा भएको भागदौडमा बालबालिकासहित ३१ जना घाइते भएका छन् । सोह्र जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ । सोह्रमध्ये नौ जनाको हाल पनि उपचार भइरहेको छ भने अन्यलाई उपचारपछि घर पठाइएको छ ।

धनकुटा–५ का विष्णु राईका छ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेका करिब तीन वर्षीय बच्चालाई विराटनगर लगिएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । प्रतिष्ठानमा उपचार सम्भव नभएपछि विराटनगर लगिएको हो । उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अन्य भने स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

धनकुटा–७ अस्पताल अगाडिकी रुशा राई परिवारसहित महोत्सव जानुभएको थियो । उहाँकी २२ वर्षीया बहिनी अनिशा राई साथीहरूसँग एक घण्टा अगाडि महोत्सव जानुभएको थियो । उक्त समयमा अगाडि रहेकी अनिशालाई अचेत अवस्थामा भीडमा परिवारले भेटे । रुशा र उहाँका बुबा प्रदीप भीड छिचोल्दै भित्तामा छेउ लागेर बालबाल बचेको सुनाउनुहुन्छ । “एक मिनेट हामी ढिला गरेका भए हामी सबैको हालत उस्तै हुने थियो । भित्तामा छेउ लागेर बच्यौँ । कसरी यस्तो अवस्था भयो केही थाहा भएन । हामी कसरी बच्यौँ थाहा छैन । भीडबाट बहिनीलाई खोज्दै गर्दा बेहोस अवस्थामा लडेको भेटेर बाहिर निकाल्यौँ”, रुशाले भन्नुभयो ।

शनिबार राति उपचारका लागि धरान ल्याइएकी अनिशाकी दिदी–बहिनी प्रतिष्ठानमा उपचाररत् हुनुहुन्छ । बहिनीको आज बिहानमात्र होस खुलेको उहाँले बताउनुभयो । अनिशाको अनुहार पूरै कालो भएको छ । पानी पेट र ढाड दुखिरहेको उहाँले बताउनुभयो । अनिशासँगै अन्य आठ जनाको बिपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

उपचारका क्रममा चिकित्सकले समय नदिएको उनीहरूको गुनासो छ । आयोजक संस्थाबाट आइतबार बिहान आएर बिरामीको अवस्था बुझे पनि उपचारका लागि अस्पतालसँग कुनै कुरा नगरेको रुशाले गुनासो गर्नुभयो । “बहिनीको १२ जना साथी थिए, उनीहरू सबै बचेछन् तर बहिनी भने भीडमा च्यापिएर घाइते अवस्थामा भेट्यौँ”, बिपी प्रतिष्ठानमा रहनुभएकी रुशाले भन्नुभयो, “धन्य १ समयमा भेटेर बहिनीलाई बचाउन सफल भयौँ । एकछिन नभेटेको भए बहिनीलाई कुल्चिएर भीडले मार्ने थियो ।”

प्रतिष्ठानस्थित प्रहरी पोष्टका प्रहरी जवान रुपेशकुमार यादवका अनुसार नौ जनाको उपचार भइरहेको र घाइतेको अवस्था सुधारोन्मुख छ । चौध वर्षमुनिका सबै डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

यसैबीच उद्योग वाणिज्य सङ्घ धनकुटाले आइतबार साँझ नै पत्रकार सम्मेलन गरी घटना र घाइतेको अवस्थाबारे जानकारी गराएको छ । घटनाप्रति दुःखसमेत व्यक्त गरेको छ । जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राईले पनि घाइतेलाई प्रतिष्ठानमा पुगेर भेट्नुभएको छ ।

धनकुटामा यही माघ ६ गतेदेखि चलेको महोत्सवमा शनिबार साँझ गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुती राखिएको थियो । उक्त प्रस्तुती हेर्न पुगेका दर्शकको भीड नियन्त्रणभन्दा बाहिर गएपछि भागदौड मच्चिएको थियो । गायक खरेलेको प्रस्तुतिभन्दा पनि धेरैले स्कुटी उपहार रहेको हाउजिङको टिकट काटेका कारण भीड अत्यधिक भएको आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो । मैदानको क्षमताभन्दा बढी मानिस भेला भएका थिए । गेटबाटभित्र छिरेपछि घटना भएको भए झन् बढी क्षति हुने उहाँको भनाइ छ । देवेन्द्र कार्की/रासस