१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

प्रेमको आत्मदाह र रविको नागरिकता विवादमा राज्य दोषीः संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा

प्रेमको आत्मदाह र रविको नागरिकता विवादमा राज्य दोषीः संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा
अ अ+ अ-

काठमाडौं, १५ माघ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । मोर्चाले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी केही दिन अघि संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्य र रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलामा आफ्नो धारणा सर्वाजनिक गरेको हो ।

यस्ता घटना घट्नुमा राज्य प्रमुख दोषी रहेको उल्लेख गर्दै मोर्चाले अहिलेको राज्य व्यवस्था नै परिवर्तनको आवश्यकता औंल्याएको छ । मोर्चाका उपाध्यक्ष यमराज आचार्यले नेपालको संविधानलाई लङ्गडो संविधानको संज्ञा दिए । उनले अहिलेको व्यवस्थाले प्रेमप्रसाद आचार्यलाई आतमदाहको लागि बाध्य बनाएको आरोप लगाए ।

रबि लामिछानेतर्फलक्षित गर्दै उनले भने–‘आज यो देशमा व्यवस्था परिवर्तन गर्नु पर्ने थियो । केही साथीहरु अवस्था परिवर्तन गर्छु भनेर जानुभयो । यो सम्पूर्ण घटना अवस्थाको कारण भएको होइन व्यवस्थाको कारण भएको हो । यसको मूल कारण २०७२ को लंगडो संविधान हो ।’

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले उद्यमी–व्यवसायीलाई आत्मदाह गर्न बाध्य बनाएको उनको आरोप छ । संसद् भवन अगाडि आत्मदाह गरेका आचार्यलाई शहीद घोषणा गर्न पनि उनले माग गरेका छन् ।

‘प्रेमप्रसाद आचार्य उहाँले आत्मदाह गरेर मर्नुभयो । उहाँ सहिद हो र म उहाँलाई स्मरण गर्न चाहन्छु । यो व्यवस्थाले उद्यमी÷व्यवसायी र युवाहरुलाई आत्महत्या गर्न विवश बनाएको छ ।

रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्चबाट भएको फैसलाको प्रसंगमा उनले नेपाली नागरिकले बाध्य भएर अन्य देशको नागरिकता लिने गरेको बताए । अन्य मुलूकको नागरिकता लिन पर्ने बाध्यतालाई ध्यान दिएर दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

साथै, नेपालमा बास्तविक मिटर व्यवसायी बैंक तथा वित्तीय संस्था भएको उनको आरोप छ । नेपालको कानुन अनुसार अहिले वार्षिक १० प्रतिशत भन्दा बढि व्याज लिन नपाउने व्यवस्था भएपनि व्याजकै कारण प्रेमप्रसादजस्ता उद्यमीले आत्मदाह गर्ने अवस्था सिजर्ना भएको उनको आरोप छ ।

त्यसैगरी, मोर्चाका सह–अध्यक्ष एवं वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले रबि लामिछानेको फैसलाको मूलुकको राजनीतिमा अत्यन्त संवेदनशील प्रश्न सिर्जना गरेको बताए । गत मंसिरमा सम्पन्न निर्वाचनमा कुनै पनि दललाई जनताले शासन गर्न मत नदिएको उनको दाबी छ । अहिलेको सत्ता गठबन्धनलाई उनले सर्प, भ्यागुता र विच्छिको गठबन्धनको संज्ञा दिए ।

‘देशमा कुनै पनि राजनीनिक पार्टीलाई शासन गर्ने अधिकार जनताले दिएनन् । तपाईहरु कुनै पनि राजनीतिक दललाई नेपाली जनतामाथि शासन गर्ने अधिाकार छैन । यो गठबन्धनको निति तथा कार्यक्रममा कार्यक्रम छ, नीति छैन । राज छ नीति छैन । देश राजनीतिले चल्छ राजले चल्ने होइन । सर्प, भ्यागुतो र विच्छी एकै ठाउँमा बसेर सरकार बनाएका छन् । एउटा गणतन्त्रवादी अर्को राजतन्त्रवादी, एउटा संघीयताको विरोधी अर्को पक्षधर, राजतन्त्र स्थापित गर्छु भन्ने राष्ट्रपतिलाई भोट हाल्छु भन्ने । यो मुलुकको यो चित्रण संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता असफल भएको हो,’ उनले भने ।

सर्वोच्चको आदेशले रबिको नागरिकता अवैध भन्दै निर्वाचन आयोगका सबै प्रक्रिया बदर भनेको अवस्थामा उनको दलको वैधता बारेमा प्रश्न उठेको उनको दाबी छ । रबिको नागरिकता रद्द भएपनि पार्टीको अस्तित्व रहिरहन नसक्ने उनले बताए । .

‘जब मेरो नागरिकता देशको कानूनबमोजिम अध्यावधिक छैन भने मैले दर्ता गरेको पार्टी चाहीँ सदर छ ? पार्टी सदर छैन भने चुनाव जितेकाहरु चाहीँ सदर ? कस्तो हो यो राज्य व्यवस्था ? अध्यक्षकै नागरिकता छैन त्यो दल कसरी कायम हुन्छ ?’ उनले प्रश्न गरे ।

साथै, फरक प्रसंगमा उनले नेपाली कांग्रेस प्रतिपक्ष दल हुन नसक्ने बताए । लोकतन्त्रमा सरकारलाई विश्वासको मत दिने पार्टी प्रतिपक्ष दल हुन नसक्ने उनको दाबी छ । वर्तमान राज्य प्रणाली नेपाल र नेपाली जनताको लागि अभिश्राप भएको उनको आरोप छ ।

मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले आफूहरु सदैव राजतन्त्र, हिन्दुराष्ट्र र भ्रष्टाचारमुक्त देशको अभियानमा रहेको बताए । अहिलेका दलहरुले विदेशीको गोटी बनेर नेपाली जनतालाई भ्रममा राखेको उनको आरोप छ । राजतन्त्र अन्त्य भएको १७ वर्ष पूरा हुँदापनि केही गर्न नसकेको र देशमै केही गर्छु भन्ने युवाहरुलाई आत्मदाह गर्न बाध्य बनाएको उनको आरोप छ । साथै, मुलुकमा सरकार नै नभएको उनको दाबी छ ।

‘म नेपालमै रोजगार गर्छु भन्ने व्यक्तिले संसद् भवन अगाडि राज्यले देखोस् भनी आगो लगाएर देहत्याग गर्नुभयो । यो मुलुकमा राज्य छ ? राजसंस्था हुँदा नेपालमा भएका उद्योग विक्रि गरेर नेपालीका छोराछोरीलाई विदेश पठाउने काम भयो,’ उनले भने ।
साथै, मिटर व्याजीहरुले गरिबहरुलाई घरबारविहीन बनाउँदा पनि सरकार मुकदर्शक बनेको उनको आरोप छ । अहिलेका बैंक तथा वित्तिय संस्थाहरुले जनतालाई मिटर व्याजीले झैं लुटिरहेको उनको भनाई छ ।

राजनीतिक दलले जनताको बारेमा नसोचेर कसरी सत्तामा पुग्न सकिन्छ भन्ने मात्रै ध्यान दिएको उनको भनाइ छ । सर्वोच्चले गरेको रबि लामिछानेको फैसालासँगै नेपाली जनताको भोटको अवज्ञा भएको उनको भनाई छ । संसद् भवनमै अपराधी ओहोरदोहोर गर्दा पनि प्रहरीले नसमाएर यो सरकारले आफैंले बनाएको कानूनको धज्जी उडाएको उनले बताए ।

कार्यक्रमको सञ्चालन मोर्चाकी प्रवक्ता सिर्जना वाग्लेले गरेकी थिईन् । त्यसै मोर्चाका अध्यक्ष तारानाथ लुइँटेल, उपाध्यक्ष यमराज आचार्य, सह–अध्यक्ष विष्णु भट्टराई, वरिष्ठ उपाध्यक्षहरु कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद लुइटेल, सहमहामन्त्री नव पन्तलगायतको उपस्थिति थियो ।