२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टीमको प्रशिक्षणमा खटिए मोन्टी देशाई



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमलाई भारतीय प्रशिक्षक मोन्टी देशाईले प्रशिक्षण दिन थालेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले देशाईलाई औपचारिक रुपमा नियुक्त भने गरेको छैन । तर, उनले नियुक्तपूर्व नै आजदेखि राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सम्हालेका हुन् ।

क्यानले मोन्टी देशाईलाई प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषदमा सिफारिस गरिसकेको छ । राखेपको स्विकृतिपछि मात्रै देशाई मुख्य प्रशिक्षकमा नियूक्त हुनेछन् ।

आईसीसी पुरुष क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृंखला नजिकै आएकोले तत्काललाई क्यानको आग्रहमा देशाईले टीमको प्रशिक्षण सम्हालेको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

क्यानले एकदिवसीय श्रृंखलाको लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।