• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

ला लिगाः बार्सिलोनाको साँघुरो जित



काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे । खेलको ६१ औं मिनेटमा उनले गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ ।

जिरोना २१ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ ।