• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयको कार्यभार सम्हाल्नुहुने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रहनुभएका रवि लामिछानेले राजीनामा दिनुभएसँगै गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्नुभएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले शुक्रबार रवि लामिछानेको नागरिकता विवादका कारण सांसद बन्‍न अयोग्य ठहर गरेको थियो । उक्त फैसलापछि लामिछानेले पदबाट राजीनामा दिनुभएको थियो ।