१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु चुनावका लागि अखिल क्रान्तिकारीका कमाण्डर को को हुन् ?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको छ ।

अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले गठबन्धनबिना स्ववियु निर्वाचन लड्नेसमेत निर्णय गरेको छ । यसका लागि उसले प्रदेशहरुमा सचिवलाई इन्चार्ज तोक्ने गरी कार्यविभाजन गरेको हो ।

यसअघि प्रदेशहरुमा इन्चार्जका लागि उपाध्यक्ष वा सचिवलाई पठाउने विषयमा लामो समयसम्म विवाद हुँदा कार्यविभाजन नै हुन सकेको थिएन । कार्यविभाजअनुसार प्रदेश १ को इन्चार्जमा खगेन्द्र सुवेदी, मधेश प्रदेशको इन्चार्जमार अनिल भगत र विशेष इन्चार्जमा पर्सुन कार्की तोकिएका छन् ।

त्यस्तै बागमती प्रदेशको इन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी प्रदेशको इन्चार्जमा नरेन्द्र बयाडी, लुम्बिनी प्रदेशको इन्चार्जमा सूर्य घर्तीमगर, कर्णाली प्रदेशको इन्चार्जमा त्रिसणा हमाल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम भट्ट तोकिएका छन् ।

विश्वविद्यालय कमाण्डहरुको इन्चार्जमा सचिवहरु उपेन्द्र शाही र सञ्जय कालधानलाई जिम्मेबारी दिइएको छ । केन्द्रीय छात्रा विभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुण र सम्पर्क मञ्च इन्चार्जमा सचिव विजय सापकोटालाई जिम्मेबारी तोकिएको छ ।

स्ववियुको निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।