काठमाडौँ । भारतीय क्रिकेटर सूर्यकुमार यादवले क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । भारतका दायाँ हाते ब्याट्सम्यान यादवले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टि–२० आई क्रिकेटर अफ द इयर २०२२ को अवार्ड जितेका हुन् ।
सूर्यकुमार आई क्रिकेटर अफ द इयर जित्ने पहिलो भारतीय बनेका छन् । उनले विश्वकप विजेता इंग्ल्यान्डका तेज अलराउन्डर साम करन, जिम्बाब्वेका अफ-स्पिन अलराउन्डर सिकन्दर रजा र २०२१ को अवार्ड विजेता पाकिस्तानका विकेटकीपर(ब्याटर्स मोहम्मद रिजवानलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।
सूर्यकुमार यादवले २०२२ मा खेलेका ३१ खेलमा २ शतक र ९ अर्धशतकसहित १ हजार १ सय ६४ रन बनाउँदै शीर्ष स्थानमा रहेका छन् । यस्तै, पाकिस्तानी मोहम्मद रिजवानले २५ खेलमा १० मा अर्धशतकसहित ९ सय ९६ रन बनाए भने जिम्बावेका सिकन्दर राजाले २४ खेलमा ७ सय ३५ रन बनाउनुको साथै २५ विकेट लिएका थिए ।
त्यसैगरी,इंग्ल्यान्डलाई टि–२० विश्वकप उपाधि जिताउँदा साम करनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यतिबेला उनी १३ विकेट लिँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
सूर्यकुमारले टि–२० मा ब्याटिङको रबाफ देखाउदै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले गत जुलाईमा इंग्ल्यान्डविरुद्ध भएको तेस्रो टि–२० आई खेलमा ५५ बलमा १४ चौका र ६ छक्कासहित १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै, नोभेम्बरमा न्युजिल्यान्डविरुद्ध ५१ बलमा ११ चौका र ७ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए ।
यस्तै, इएसोसियट क्रिकेटर २०२२ को अवार्ड नामिबियाका कप्तान जेरार्ड इरास्मसले जितेका छन् ।