• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?



काठमाडौं । आज बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

मंगलवार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम थियो । उक्त दिन सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम भएको थियो ।

सुनचाँदी बजारमा तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारेबार भईरहेको महासङ्घले बताएको छ । यसैगरी, चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारेबार भईरहेको छ ।