२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सर्वाेच्च अदालत झेली रेफ्री, रेफ्रीले नै गोल गर्न खोज्यो’



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट बाहिरिँदै गर्दा मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको फैसलाको कडा आलोचना गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओलीले सर्वोच्च अदालतप्रति आक्रोश पोखेका हुन् ।

प्रधानमन्त्रीका रूपमा देशवासीका नाममा अन्तिम सम्बोधन ओलीले सर्वोच्च अदालतले राजनीति गर्दै फैसला गरेको आरोपसमेत लगाए । तैपनि फैसलालाई आफूले मान्ने र पालना गरेर अघि बढ्ने बताए । सर्वोच्चको फैसलाप्रति टिप्पणी गर्दै ओलीले विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिए । रेफ्रीले नै गोल गर्न खोजेको उनको आरोप थियो ।

ओलीले भने ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो ।’ उनले जनादेश नै ठूलो शक्ति भए पनि त्यसलाई अहिले लत्याउने काम गरिएको बताए ।

‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आधारित रहेर सर्वोच्च अदालतबाट जेजस्ता फैसला गरिएका छन्, तिनका असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहनेछन्,’ ओलीले भने । ओलीले फैसलाका कतिपय प्रावधान र यसमा प्रयुक्त भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई अत्यन्त चिन्तित तुल्याएको बताए । सर्वोच्चको फैसलाले पछाडि फर्किने गरी संविधान संशोधन गरेको टिप्पणी उनले गरे । यो फैसलालाई इतिहासले अग्निपरीक्षा लिने चेतावनी पनि उनले दिए । शक्ति पृथकीकरणको सिद्धान्तलाई फैसलाले नकारेको तथा राज्यका अंगहरूको सन्तुलन खल्बल्याइएको टिप्पणी उनको थियो ।

ओलीले संसदीय दलको ह्वीप उल्लंघन गर्दा कारबाही नहुने अदालतको फैसलाप्रति आपत्ति जनाए । राजनीतिक दलबाट टिकट लिएर जितेको जनप्रतिनिधिले आफूखुसी भोट हाल्न पाउने व्यवस्था दलीय प्रणालीको मूल्य र मान्यताविपरीत रहेको उनको टिप्पणी थियो ।

एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्ने गरी विचित्र अवस्थाको सिर्जना गरिदिएको ओलीले बताए । अदालतले रेफ्रीको भूमिकामा सही न्याय दिन नसकेको उनको दाबी थियो । अदालतले आफ्नो अधिकारक्षेत्र बाहिर गएर राजनीतिक विषयमा हात हालेको आरोप ओलीले लगाए । यसबाट भविष्यमा उत्पन्न हुन सक्ने दुष्परिणामप्रति उनले चिन्ता व्यक्त गरे ।

ओलीले सरकारका उपलब्धीहरूको संक्षिप्त चर्चा गरेका थिए । सरकारले कोरोनाविरुद्धको खोप ल्याउनेतर्फ गरेका कामको विवरण सुनाएका ओलीले अब आउने सरकारले खोप लगाएको फोटो हालेर त्यसलाई आफ्नो उपलब्धिका रूपमा देखाउने दाबी गरे ।

ओलीले आफ्नै पालामा सरकारले १ करोड ३१ लाख मात्र खोप आपूर्ति सुनिश्चित गरेको उल्लेख गरे । ओलीले शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकार र संसद्को भविष्यलाई लिएर सन्देह व्यक्त गरे । सरकार र संसद् सही सलामत रहनेमा आफूलाई शंका रहेको उनले बताए ।

ओलीले भने, ‘बाँकी अवधि संसद् चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् शुभकामना छ । तर, मलाई यसमा शंका छ । जेजस्ता घटनाक्रम विकास हुँदै छन् त्यसले संसद् पनि सही सलामत अगाडि जाला र अब बन्ने सरकार सही सलामत ढंगले अगाडि बढ्ला भन्नेमा शंका छ ।’

पार्टी पंक्तिलाई संयम रहन सन्देश
ओलीले जाँदाजाँदै आफ्नो पार्टी पंक्तिका नेता कार्यकर्ताले हौसला बढाउनुपर्ने आवश्यकता औंल्याए । कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भने, ‘फेरि बादल हटेर सूर्य उदाउनेछ । हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान् त्यसपछि त जनतामा जानैपर्ला । जनताबाट रोक्न कसले सक्छ रु’

विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्नो पार्टीका नेताहरूप्रति ओलीले फेरि एकपटक आक्रोश व्यक्त गरे । यस्तो गतिविधिलाई अनुशासनहीनता र अपराधको संज्ञा उनले दिए ।

ओलीले भने, ‘हाम्रा पार्टीका साथीहरूबाट विपक्षी खेलाडीलाई बल पास दिने काम भयो । आफ्नो पोस्ट खाली राख्ने र गोलकिपर बस्नै नदिने प्रयाससमेत भयो । यो अत्यन्तै चिन्ताजनक छ ।’ राजधानी दैनिक