९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाका चार सारथीको बायोडाटा



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुईरदुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन्।

देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमशः गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्रका नेता शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।  

२०१७ सालमा स्याङ्जामा जन्मेका खाँण २०३३ सालदेखि राजनीतिमा सक्रिय भएका हुन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व सम्हाल्दै पार्टी राजनीतिमा सक्रिय खाँणले यसअघि सिँचाइ र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेस प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका खाँणले अहिले गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन्।  

त्यस्तै सन् १९५७ मा भोजपुरमा जन्मेका कार्की नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। २०३९ सालमा नेवि संघको अध्यक्ष बनेका कार्की सन्तनेता कृष्णप्रसाद भट्टराईका विश्वासपात्र थिए। यसअघि जलस्रोत र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कार्कीले अहिले कानुन मन्त्रालयको जिम्मा पाएका छन्।  

रुकुम पश्चिमबाट निर्वाचित शर्मा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा डेपुटी कमान्डरको जिम्मेवारी सम्हाल्दै खुला राजनीतिमा आएका हुन्। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित एकीकरण गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले यसअघि ऊर्जा, शान्ति, गृहसहितका मन्त्रालय सम्हालिसकेका छन्।

यस्तै माओवादी स्थायी समिति सदस्य भुसाल अन्तरिम विधायकसहित तीनपटक सांसद भइसकेकी छिन्। सशस्त्र युद्धमा सक्रिय भुसालले महिला,बालबालिका तथा समाज कल्याण, सामान्य प्रशासन र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्। नवनियुक्त चारैजना मन्त्रीले मंगलबारै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिनुका साथै आआफ्नो मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।